बुधबार, वैशाख २३, २०८३

लामो दुरीका सवारी साधन सञ्चालन गर्न गृहको परिपत्र

मेरोन्यूज २०७८ साउन ७ गते १२:२३

काठमाडौँ । लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । देशका सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाउँदै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न गृहले निर्देशन दिएको हो ।

Advertisement
NiccNicc

गृहको परिपत्रमा ‘त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमनलाई ध्यान दिएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न आदेशअनुसार अनुरोध छ’ भनिएको छ ।

साउन ४ को मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात सञ्चालनका लागि गृहले आवश्यक व्यवस्था मिलाउने भनी निर्णय गरेको थियो ।

प्रतिक्रिया