एनआईसी एशिया बैंक २४ वर्षमा

काठमाडौं । एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश गरेको छ । २४ वर्ष अघि साउन ७ गतेकै दिन देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्य सहित स्थापना भएको बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा विज्ञप्ती जारी गर्दै बैंकले आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रयमाससम्म आइपुग्दा वित्तिय विवरण, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटीएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा अग्र स्थानमा रहेको जनाएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ अगाडि बढेको बैंकले सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प विज्ञप्ती मार्फत जाहेर गरेको छ ।
२४ मा पाइला टेक्दा बैंकको शाखा संजाल ३ सय ५६, विस्तारित काउण्टर ७०, शाखा रहित बैंकिङ सेवा ८१ र ४ सय ७१ एटीएम मार्फत आफ्ना २७ लाख ३६ हजार निक्षेप खाता तथा९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार खाताहरु मार्फत ग्राहकमाझ गुणस्तरिय सेवा प्रवाह गर्न सफल भएको र मुलुकको नम्बर वान बन्ने एनआईसी बैंकले जनाएको छ ।
बैंकले सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक सेयरको मूल्य हाल १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि भएको हो । स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व सरकारलाई तिरेको बैंकको तत्थ्यांकले देखाएको छ ।
कोभिड–१९बाट सृजित असहज परिस्थितिमा बैंकले आर्थिक वर्ष २०७७÷७८ मा कर्जातर्फ ५२ प्रतिशत अर्थात् ८९ अर्ब ४१ करोड रुपैयाँ तथा निक्षेपतर्फ ४२ प्रतिशत अर्थात् ८८ अर्ब ९६ करोड रुपैयाँ वृद्धि गरेको छ । कर्जामा १२ दशमलब ६६ प्रतिशत तथा निक्षेप वृद्धिमा १३ दशमलब ५८ प्रतिशत सोहि आर्थिक वर्षमा बजार हिस्सा हासिल गरेको एआईसि एशिया बैंकको दाबी छ ।
हाल डिजिटल फर्स्टको रणनीतिअनुसार डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ सेवा उपभोग गर्न मिल्ने सेल्फ हेल्फ तथा लाइफ स्टाइल बैंकिङको अवधारणा अपनाएकोे छ ।
बैंकले आफ्नो उपस्थितीलाई दुर्गम जिल्लाहरु मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाको उपस्थीति नरहेको ३४ भन्दा स्थानीय निकायमा समेत विस्तार गरेको जानकारी दिएको छ ।
















नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया