६ लाख नेपाली नागरिकता बिहीन तर संसदबाट नागरिकता सम्बन्धी विधेयक पास हुन सकेन्

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयक पास नहुन्जेलसम्मका लागि संविधानले प्रदान गरेको मौलिक अधिकार उपभोग गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताएकी छिन् । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले करिब ६ लाख नेपाली आमाका सन्तान नागरिकता बिहीन भइरहँदा पनि संसदबाट नागरिकता सम्बन्धी विधेयक पास हुन नसकेको बताएकी हुन् ।
नागरिकता सम्बन्धी विधेयक पास हुन नसक्दा लाखौँले संविधानको मौलिक हकले प्रदान गरेको अधिकार उपभोग गर्न नपाएको उल्लेख गर्दै उनले विधेयक पास नहुन्जेलसम्म सो अधिकारको उपभोगका लागि अस्थायी व्यवस्थापन गनुपर्ने बताउनुभएको हो । उहाँले राजनीतिक सहमती हुन नसकेमा संसदमा फ्लोर क्रस गरेर भएपनि नागरिकता सम्बन्धी विधेयक अगाडी बढाइनुपर्ने बताइन् ।
उनले भनिन ‘यदी दलीय सहमती नजुटेर नागरिकताको विधेयक पास गर्न सकेका छैनौँ हामीले भनेदेखि फ्लोर क्रस गर्ने त अब चलन चलिसकेकको छ । त्यस्ताकुरामा फ्लोर क्रस गरौँ,जसले जनताको टड्कारो आवश्यकतालाई पूर्ति गर्छ । सबैलाई भोट हाल्न लगाउँ न त । आमाको नाममा नागरिकता दिने भनेर जब संविधानले भनिसकेपछि त्यही कुरा लेखेर आएको विधेयक किन पास हुँदैन ? कि हामी सबै पितृ सत्तालाई बोकेर हिँड्ने मान्छे छौँ यहाँ ? होइन भने अहिले पास हुनुपथ्र्यो । नागरिकताको विधेयक पास नहुन्जेलसम्म ६ लाख नागरिकले मौलिक अधिकारका सम्पूर्ण कुराहरु उपभोग गर्न पाउने गरीकन अस्थायी व्यवस्थापन गरौँ । जे लेखेर दिनुपर्छ लेखेर दिऊँ । नेपाली आमाको सन्तान नागरिकता बिहीन भएर मौलिक अधिकारको उपयोग गर्न नपाएर बस्नु नपरोस् भनेर म ध्यानाकर्षण गराउन चाहान्छु ।’ नागरिकता विधेयकको सम्बन्धमा राजनीतिक दल र सांसदहरु जवाफदेही बन्न नसकेको उनले बताइन् ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया