सञ्चार सचिव बस्याल सेवा निवृत्त

काठमाडाैं । निजामती सेवामा ३७ वर्ष अनवरत सेवा गरी सेवानिवृत्त भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई आज सो मन्त्रालयमा आयोजित समारोहमा बिदाई गरिएको छ । विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा सेवा गर्दै एक वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव रहनुभएका उनले निजामती सेवा ऐनको प्रावधानअनुसार ५८ वर्ष पूरा गरी आजदेखि अनिवार्य अवकाश लिएका हुन् ।
सो अवसरमा सचिव बस्यालले निरन्तर अभ्यास, समयको सदुपयोग र इमान्दारिताले नै आफूलाई निजामती सेवामा दर्ता चलानीदेखि सचिवसम्मको जिम्मेवारी कुशलतापूर्वक पूरा गराउन सफलता मिलेको बताए । उनले मन्त्रालयमा रहँदा सूचना प्रविधिलाई व्यवस्थित गरी सरकारी सेवालाई चुस्त बनाउन, विज्ञापनमा क्लिनफिड लागू गराउन, इन्टरनेट ब्रोड ब्याण्डको विस्तार, डिजिटल नेपालको कार्यान्वयन तथा नागरिक एप सञ्चालनलगायत विभिन्न काम गर्न सकेकामा खुशी व्यक्त गरे ।

निवृत्त सचिव बस्याले सबै स्थानीय तहका सेवा मोबाइल एपबाटै प्रवाह गरी सुखी र समृद्ध एवं आधुनिक नेपाल निर्माण गर्ने, पत्रकारको पहिचानलाई व्यवस्थित गराउनेलगायत कार्यलाई अन्तिम चरणमा पुर्याउन सफल भएको उल्लेख गरे ।
समारोहमा मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले निजामती सेवामा रहँदा सचिव बस्यालले आर्थिक, प्रशासनिक तथा कूटनीतिक क्षेत्रमा लामो समयसम्म कुशलतापूर्वक निर्वाह गरेकाे योगदान महत्वपूर्ण रहेको बताउँदै उनको कार्यकालमा थालनी गरिएका कार्यहरूलाई पूरा गरिने छ भने ।
कार्यक्रममा मन्त्रालय र मातहतका कार्यालय प्रमुखहरूले सचिव बस्याललाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए ।
















गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया