सञ्चार सचिव बस्याल सेवा निवृत्त

काठमाडाैं । निजामती सेवामा ३७ वर्ष अनवरत सेवा गरी सेवानिवृत्त भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई आज सो मन्त्रालयमा आयोजित समारोहमा बिदाई गरिएको छ । विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा सेवा गर्दै एक वर्षदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव रहनुभएका उनले निजामती सेवा ऐनको प्रावधानअनुसार ५८ वर्ष पूरा गरी आजदेखि अनिवार्य अवकाश लिएका हुन् ।
सो अवसरमा सचिव बस्यालले निरन्तर अभ्यास, समयको सदुपयोग र इमान्दारिताले नै आफूलाई निजामती सेवामा दर्ता चलानीदेखि सचिवसम्मको जिम्मेवारी कुशलतापूर्वक पूरा गराउन सफलता मिलेको बताए । उनले मन्त्रालयमा रहँदा सूचना प्रविधिलाई व्यवस्थित गरी सरकारी सेवालाई चुस्त बनाउन, विज्ञापनमा क्लिनफिड लागू गराउन, इन्टरनेट ब्रोड ब्याण्डको विस्तार, डिजिटल नेपालको कार्यान्वयन तथा नागरिक एप सञ्चालनलगायत विभिन्न काम गर्न सकेकामा खुशी व्यक्त गरे ।

निवृत्त सचिव बस्याले सबै स्थानीय तहका सेवा मोबाइल एपबाटै प्रवाह गरी सुखी र समृद्ध एवं आधुनिक नेपाल निर्माण गर्ने, पत्रकारको पहिचानलाई व्यवस्थित गराउनेलगायत कार्यलाई अन्तिम चरणमा पुर्याउन सफल भएको उल्लेख गरे ।
समारोहमा मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले निजामती सेवामा रहँदा सचिव बस्यालले आर्थिक, प्रशासनिक तथा कूटनीतिक क्षेत्रमा लामो समयसम्म कुशलतापूर्वक निर्वाह गरेकाे योगदान महत्वपूर्ण रहेको बताउँदै उनको कार्यकालमा थालनी गरिएका कार्यहरूलाई पूरा गरिने छ भने ।
कार्यक्रममा मन्त्रालय र मातहतका कार्यालय प्रमुखहरूले सचिव बस्याललाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए ।











कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
प्रतिक्रिया