गृह र अर्थ मन्त्रालयमा जान सचिवहरूको दौड सुरु

काठमाडौँ । मन्त्रालयहरुमा सबैभन्दा आकर्षक मानिने अर्थ सचिव र गृहसचिव बन्न सचिवहरुको दौड सुरु भएको छ । हाल रहेका सचिवहरुको अवधि सकिन लागेको तथा सरकारसमेत परिवर्तन भएकाले ठूलो संख्यामा सचिवको सरुवा तयारी भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दलका प्रमुख नेतासँग एकलट छलफल गरेर मात्रै सरुवा सूची बनाउने बताएपछि रोकिएको सरुवाको लिस्टले अझै पूर्णता पाउन सकेको छैन । तर अधिकांश सचिवको आँखा गृह र अर्थ सचिवमा लागेको छ ।
गृहसचिव बन्ने दौडमा सचिव अर्जुन पोखरेलदेखि भर्खरै मात्रै बढुवा भएका सचिव कृष्णहरि पुष्कर तथा केही दिनभित्रै सचिव बढुवाको लाइनमा रहेका हरि मैनालीसम्म रहेका छन् ।
यस्तै, अर्थ सचिवको दौडमा मधु मरासैनी, बैकुण्ठ अर्याल, रामकृष्ण सुवेदी, लक्ष्मण अर्याल, केवल प्रसाद भण्डारीसम्म लागेका छन् । उनीहरुमध्ये केहीले सके अर्थ सचिव नभए राजस्व सचिवमा समेत लविङ गरिरहेका छन् ।
अर्थमन्त्रालय माओवादी भागमा परेकाले माओवादी नेताहरुसँग निकट रहेका सुवेदीले समेत अर्थसचिवमा तीव्र लविङ गरीरहेका छन् । उनलाई ओली सरकारले पेलेर २ नम्बर प्रदेश र सुदुरपश्चिम प्रदेशको मुख्य सचिवको रुपमा डेढ वर्ष थन्काएकाले उनी यसपटक आकर्षक मन्त्रालय पाउने आशामा छन् ।
त्यसो त गृहसचिव महेश्वर न्यौपानेसमेत आफ्नो पद थामौती गर्ने दौडमा लागेका छन् । आफू निकटकालाई प्रधानमन्त्री देउवासँग आफ्नो राम्रो सम्बन्ध रहेको तथा जोखिम मोलेर ओली सरकारका पालामा पछिल्लो समय देउवालाई आफूले भित्री सहयोग गरेकाले देउवाले आफैलाई निरन्तरता दिने दावी गर्दै आएका छन् ।
त्यस्तै अर्थ सचिव शिशिर ढुंगानाले समेत पदमा टिकिरहन अर्थमन्त्री जनार्दन शर्मालाई रिझाउन अनेक प्रयास गरीरहेको स्रोतले बतायो ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया