गृह र अर्थ मन्त्रालयमा जान सचिवहरूको दौड सुरु

काठमाडौँ । मन्त्रालयहरुमा सबैभन्दा आकर्षक मानिने अर्थ सचिव र गृहसचिव बन्न सचिवहरुको दौड सुरु भएको छ । हाल रहेका सचिवहरुको अवधि सकिन लागेको तथा सरकारसमेत परिवर्तन भएकाले ठूलो संख्यामा सचिवको सरुवा तयारी भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दलका प्रमुख नेतासँग एकलट छलफल गरेर मात्रै सरुवा सूची बनाउने बताएपछि रोकिएको सरुवाको लिस्टले अझै पूर्णता पाउन सकेको छैन । तर अधिकांश सचिवको आँखा गृह र अर्थ सचिवमा लागेको छ ।
गृहसचिव बन्ने दौडमा सचिव अर्जुन पोखरेलदेखि भर्खरै मात्रै बढुवा भएका सचिव कृष्णहरि पुष्कर तथा केही दिनभित्रै सचिव बढुवाको लाइनमा रहेका हरि मैनालीसम्म रहेका छन् ।
यस्तै, अर्थ सचिवको दौडमा मधु मरासैनी, बैकुण्ठ अर्याल, रामकृष्ण सुवेदी, लक्ष्मण अर्याल, केवल प्रसाद भण्डारीसम्म लागेका छन् । उनीहरुमध्ये केहीले सके अर्थ सचिव नभए राजस्व सचिवमा समेत लविङ गरिरहेका छन् ।
अर्थमन्त्रालय माओवादी भागमा परेकाले माओवादी नेताहरुसँग निकट रहेका सुवेदीले समेत अर्थसचिवमा तीव्र लविङ गरीरहेका छन् । उनलाई ओली सरकारले पेलेर २ नम्बर प्रदेश र सुदुरपश्चिम प्रदेशको मुख्य सचिवको रुपमा डेढ वर्ष थन्काएकाले उनी यसपटक आकर्षक मन्त्रालय पाउने आशामा छन् ।
त्यसो त गृहसचिव महेश्वर न्यौपानेसमेत आफ्नो पद थामौती गर्ने दौडमा लागेका छन् । आफू निकटकालाई प्रधानमन्त्री देउवासँग आफ्नो राम्रो सम्बन्ध रहेको तथा जोखिम मोलेर ओली सरकारका पालामा पछिल्लो समय देउवालाई आफूले भित्री सहयोग गरेकाले देउवाले आफैलाई निरन्तरता दिने दावी गर्दै आएका छन् ।
त्यस्तै अर्थ सचिव शिशिर ढुंगानाले समेत पदमा टिकिरहन अर्थमन्त्री जनार्दन शर्मालाई रिझाउन अनेक प्रयास गरीरहेको स्रोतले बतायो ।
















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया