कांग्रेसमा सस्थापन इतर समुहको बैठकको तयारी

काठमाडौं । सत्तासिन दल कांग्रेसको वडा अधिवेशन स्थगित भएसँगै अवको स्थानिय तहका महाधिवेशन कार्यतालिका र विवादित क्रियाशिल सदस्यता लगायतका विषयमा छलफल गर्न काग्रेस सस्थापन इतरका नेताहरु छलफलमा जुटन लागेका छन् । महामन्त्री डा शसांक कोइरालाको निवास महाराजगञ्जमा अहिले मध्यान्ह् १२ वजेपछि सस्थापन इतर नेताहरुको छलफल हुन लागेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिएका छन् ।
यो बैठकको संयोजन भने वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्न लागेका हुन् । बैठकमा १४औं महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता विवादबारे छलफल हुनेछ।
महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, शेखर कोइराला, सुजाता कोइराला, डा रामशरण महत, बलवहादुर केसी लगायतका नेताहरु छलफलमा सहभागी हुँदैछन् । यो पक्षमा सभापतिको साझा उम्मेदवार को हुने भन्ने अहिलेसम्म टुग्गो लागेको छैन ।
क्रियाशिल सदस्यता छानविन समितिले दुई दिनको थप समय मागेर मंगलवार क्रियासिल सदस्यता छानविनको प्रतिवेदन सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई वुझाउने बताएको छ । सोही कारण सदस्यताका लेखाजोखा र क्रियाशिल सदस्यतामा भएका विवाद केन्द्रीत छलफल गर्न सस्थापन इतरका नेताहरु छलफलमा जुटन लागेका हुन् ।
छलफलमा रमेश लेखक संयोजकत्वमा रहेका क्रियाशिल सदस्यता छानविन समितिमा रहेका सस्थापनइतर समहुका नेताहरु प्रदीप पौडेल, कल्याण गुरुङ र जीवन परियार लाई पनि निम्ताईएको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया