रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

काठमाडौं । बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच चिकित्सा विधाका विविध सङ्कायमा अध्ययन/अध्यापन गराउने सम्बन्धमा सहमति भएको छ । सहमतिसँगै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पताल र प्रतिष्ठानबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको जानकारी दिए । सम्झौताअनुसार प्रदेश सरकार मातहतमा रहेको ५० शय्या क्षमताको अस्पतालले स्नातक तथा स्नातकोत्तर तहका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने भएको छ । वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममै प्रदेश मातहतका अस्पतालमा प्रतिष्ठानमार्फत स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै लैजाने उल्लेख छ ।
बगालेका अनुसार अर्को वर्षबाटै एमडिजीपीका कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने दुई वर्षमा बिएन, बिएस्सी नर्सिङ तथा बिएमएलटी कार्यक्रम सञ्चालन गर्न सकिने छ । डा बगालेले भने, “हामी दुई/तीन महिनामै १०० शय्या क्षमतामा जान्छौँ, सबै तयारी पूरा भएको छ ।” उनका अनुसार अस्पतालमा केही महिनामै आइसीयू, पिआइसीयू र एनआइसीयू सञ्चालनमा आउँदैछ । दश शय्याको आइसीयू, पाँच शय्याको एनआइसीयू, १० शय्याको पोष्टअप, दुईवटा मोडुलर शल्यक्रिया कक्ष, केही क्याबिन र प्रसूति कक्ष थप्ने काम भइरहेको उनले जानकारी दिए ।
शैक्षिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँको स्वास्थ्य सेवाको गुणस्तरमा समेत थप वृद्धि हुने अपेक्षा गरिएको छ । यस अस्पतालले पूर्वी चितवनमा रहेका चारवटा नगरपालिका रत्ननगर, खैरहनी, राप्ती र कालिकाका जनतालाई प्रत्यक्ष स्वास्थ्य सुविधा पु¥याउन सक्नेछ । अस्पतालमा हाल दैनिक ७०० हाराहारी बिरामी आउने गरेका छन् । बगालेका अनुसार अधिकांश जसो शल्यक्रियालगायतका सेवा अस्पतालले दिने गरेको छ । यसअघि त्यस क्षेत्रका जनता सामान्य अवस्थामा पनि उपचारका लागि भरतपुर आउन बाध्य थिए । रासस
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया