महन्थ ठाकुरको मुद्दा कुमार रेग्मीको इजालसमा

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जसपा विवादमा निर्वाचन आयोगले हेडकाउन्टका आधारमा छिनोफानो लगाउन गरिरहेको तयारी रोक्न माग गदै सर्वाेच्चमा दायर रिट न्यायधिस कुमार रेग्मीको इएजालसमा सुनुवाई हुने भएको छ ।
महन्थका तर्फवाट प्रदीपकुमार पाठकले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायधिस रेग्मकिो आजको इजालसको अीन्तममा यो रिटलाई सुनुवाईका लागि राखिएको छ । आयोगले ११ गते बहुमत परीक्षण गर्ने जसपाको केन्द्रीय कार्यकारिणी समितिमा रहेको ५१ जनाको हेड काउन्ट गर्ने निर्णय लिएको थियो । जसपाको आधिकारिता सम्वन्धी विवादमा आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाकै अध्यक्षतामा इजालस गठन गरेर सुनुवाई गरिरहेको छ । आयोगले विवाद अगाडीको केन्द्रीय कार्यकारिणी समितिमा रहेको ५१ जनालाई हेडकाउन्टका लागि ११ साउनमा ११ वजे सक्कल नागरिकतासहित उपस्थित हुन निर्देशन गरेको थियो ।
तर जसपाका महन्थ पक्षले केन्द्रीय कार्यकारिणी समिति २०७७ पुस ७ गतेको निर्णयका आधारमा महन्थले हेरफेर गरेकोले त्यसलाई मानेर मात्र हेडकाउन्ट गर्न सकिने तर ५१ जनालाई मात्रै मान्न नसकिने हुँदा ५१ जनाको हेडकाउन्ट रोक्न माग गदै महन्थ पक्ष सार्वेच्च अदालत पुगेको हो ।
आज अदालतले यस विषयमा दिने निर्णयका आधारमा मात्रै अव निर्वाचन आयोगले यसमा हेडकाउन्ट गर्ने/नगर्ने टुग्गो लाग्ने भएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया