मकवानपुरबाट पछिल्लो एक वर्षमा १ सय ५१ लागुऔषध कारोबारी पक्राउ
मेरोन्यूज
२०७८ साउन १० गते १२:४३

काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ ।
भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोवारमा संलग्न ती व्यक्तिलाई आव ०७७÷७८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा सवारीसाधन जाँच र विशेष सुराकीका आधारमा छापा हान्ने क्रममा प्रतिबन्धित लागुपदार्थ औषधसहित कारोवारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
पक्राउपर्ने माथि जिल्ला अदालतमा मुद्दा दायरसमेत गरिएको बताइएको छ । गाँजा र अफिम ओसारपसार गर्ने हेटौँडा, राक्सिराङ, कैलाश तथा मनहरी गाउँपालिकाका युवा बढी पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउपर्नेमा पुरुष १४२ रहेको बताइएको छ
सम्बन्धित
















गृहमन्त्रीद्वारा काठमाडौँका कारागारहरूको निरीक्षण- सुधारका लागि निर्देशन
२३ सदस्यीय महिला फुटबल टोली घोषणा
कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने
भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया