प्रचण्डलाई भेट्न पौडेल पुगे खुमलटार, देउवाको कार्यशैलीप्रति असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र छलफल नै नगरी राज्यमन्त्री थपेपछि असन्तुष्ट बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलले आज माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालसँग भेट गरेका छन् ।
ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा पुगेर पौडेलले सत्ता गठवन्धनका विषयमा छलफल गरेका हुन् ।
छलफलका क्रममा पार्टी सभापति समेत रहेका देउवाले मनोमानी गर्न थालेको पौडेलले बताएका थिए ।
प्रधानमन्त्रीले मनोमानी तरिकाले मन्त्री नियुक्त गर्दा सत्ता गठवन्धनमा समेत समस्या आउने उनको भनाई थियो ।
भोलिका दिनमा अप्ठ्यारो स्थिति सिर्जना हुनुभन्दा पहिलेदेखि नै सचेत गराउन दाहाल निवास गएको पौडेलको सचिवालयले जनाएको छ ।
देउवाले हिजो आइतबार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए । दाहाल निवास पुगेका पौडेलले दाहालकी पत्नी सीतासँग पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
















आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया