शनिबार, वैशाख २६, २०८३

हाम्रो पक्षमा बहुमत छ, महन्थ जीलाई घोक्राउन खोजेको होइन : अध्यक्ष यादव

मेरोन्यूज २०७८ साउन ११ गते १२:२५

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पक्षमा बहुमत पुग्ने बताएका छन् । निर्वाचन आयोगमा आज भएको कार्यकारिणी सदस्यको सनाखतमा बोल्दै उनले आफ्नो पक्षमा बहुमत पुग्ने बताएका हुन् ।

Advertisement
NiccNicc

‘कूल ५१ जना सदस्य हुनु भएको छ, जसमा ३४ जना हाम्रो पक्षमा आइसक्नु भएको छ, महन्थ ठाकुर जीलाई हामीले घोक्राएर निकाल्न खोजेको होइन,’ अध्यक्ष यादवले भने, ‘उहाँले सार्वजनिक रुपमा आत्मआलोचना मागेर पार्टीमा आउनु भए राम्रो हुन्छ ।’

अध्क्षय ठाकुरले सरकार आफूहरूको पनि भएकाले चाँडोभन्दा चाँडो सहभागी हुने बताए । तर, कति मन्त्रालय आफूले पाउने भन्नेबारेमा उनले केही बताएका थिएनन् ।

जसपामा आधिकारिकताको विवाद उत्कर्षमा पुगेसँगै निर्वाचन आयोगले सनाखत गर्न लागेको हो । जसका लागि आयोगले जसपाको कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गरेको हो ।

प्रतिक्रिया