मंगलबार देउवाले बोलाए पदाधिकारी बैठक, महाधिवेशन प्रमुख एजेन्डा
मेरोन्यूज
२०७८ साउन ११ गते १७:१३
![](https://meronews.com/content/static/2021/07/congress-3.jpg)
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले निजी निवास बूढानिलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्।
मंगलबार बिहान ९ बजे बूढानिलकण्ठमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार १४ औं महाधिवेशन तयारीबारे बैठक केन्द्रित रहनेछ।
विगत करिब दुई सातादेखि यता कांग्रेस पार्टी कार्यायल सानेपामा क्रियाशील विवादलाई लिएर अनसन रहेका छन् । भने क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन। साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ।
सम्बन्धित
प्रतिक्रिया