गृहमन्त्री खाण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए ।
भेटमा गृहमन्त्री खाणले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरेका थिए । ‘नेपाल र अमेरिकाबीच लामो समयदेखिको लामो सम्बन्ध छ ।
अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस भन्ने हाम्रो अपेक्षा छ,’ खाणको भनाइ उद्धृत गर्दै केसीले भने, ‘हामीलाई नागरिकलाई महामारीबाट बचाउन खोप आवश्यक छ । त्यो खोप अमेरिकाले सहयोगमा उपलब्ध होस भन्ने हाम्रो भनाइ हो ।’
राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताएका थिए । ‘अमेरिकाले विगतमा दिँदै आएको सहयोगलाई निरन्तरता दिनेछ । हामी सहयोग र सहकार्यका लागि तयार छौँ,’ बेरीले मन्त्री खाणसँग भनेका थिए ।
















सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया