देउवा-प्रचण्ड भेटवार्ता : मन्त्रिपरिषद् विस्तारबारे छलफल
माधव नेपाल भेटेर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेटन वालुवाटार पुगेका थिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रीमण्डल विस्तारका विषयमा छलफल भएको छ ।
वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज विहान भएको छलफलमा मन्त्रीमण्डललाई पूर्णता दिने विषयमा छलफल भएको हो ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुङ्ग्याइदिएपछि दुई नेताबीच छलफल भएको हो । जसपाले केही दिन भित्रै सरकारमा सहभागि हुने सोमबार नै बताइसकेको छ ।
कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व सम्हालेको दुई साता बित्दा समेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् ।
मन्त्रीका आकांक्षी धेरै भएका कारण सत्ता गठवन्धन दलले कसलाई सरकारमा पठाउने भनेर निर्णय गर्न सकेका छैनन् ।
माधव नेपाल भेटेर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेटन वालुवाटार पुगेका थिए ।
विहान देउवालाई भेटनु अगाडी प्रचण्डले एमाले बरिष्ठ नेता माधव नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेट गरेका थिए । प्रचण्डले विहान साढे ७ वजे नेपाल भेटन उनको निवास कोटेश्वर पुगेका थिए । त्यसपछि उनी बालुवाटार गएका हुन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया