भारतको सीमा क्षेत्रमा गोली चल्दा ६ प्रहरीको मृत्यु

काठमाडौं । भारतको आसाम र मिजोरमका मुख्यमन्त्रीको विवादले गर्दा दुई प्रदेशको सिमा क्षत्रमा गोली चल्दा ६ जना प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आसामका प्रहरी रहेको जनाइएको छ । आसाम सरकारका अनुसार सीमा सुरक्षामा खटिएका जवानहरुको गोली चलदा मृत्यु भएको हो ।
सोमबार राती भएको घटना आसामका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाबीचको विवादले भएको जनाइएको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन् ।
सीमा विवादकै कारण गत वर्ष पनि दुई प्रदेशबीच तनावको स्थिति सिर्जना भएको थियो ।
आसाम र मिजोरमबीच १ सय ६५ किलोमिटर लामो सीमा जोडिएको छ । सीमा निश्चित गर्ने प्रयास सन् १९९५ देखि नै चल्दै आएको छ । तर अहिलेसम्म यो कामले पूर्णता पाएको छैन । यही कारण दुई राज्यबीच बेलाबेलामा विवाद हुने गर्छ ।
आसामको लैलापुर जिल्ला विवादित सीमा क्षेत्रमध्ये एक हो । यसको ठूलो क्षेत्रमा मिजोरमले दाबी गर्दै आएको छ । यही विवादका कारण यहाँका धेरै व्यक्तिहरुले सरकारी सुविधा पनि पाएका छैनन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया