कांग्रेसको कूल सदस्यता साढे ८ लाख, कति थपिए नयाँ ?
मेरोन्यूज
२०७८ साउन १२ गते १२:१२
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन क्रियाशील सदस्यता छानबिन समिति प्रतिवेदन पेश गरेको छ । आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा समितिका संयोजक रमेश लेखकले सभापति शेर बहादुर देउवालाई प्रतिवेशन पेश गरेको हो ।
पेश गरिएको प्रतिवेदनअनुसार कूल ८ लाख ५२ हजार ७११ जना सदस्य रहेका छन् । जसमध्ये नयाँ सदस्यता मात्रै ४ लाख ४३ हजार ६७८ जना रहेका छन् ।
यस्तै, ४ लाख ९ हजार ३३ जनाले आफ्नो सदस्यता नवीकरण गरेका हुन् । जसमा नेपाली जन सम्पर्क समितिबाहेक रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया