शनिबार, चैत १४, २०८२

कांग्रेसको केन्द्रीय सदस्यता छानबिन समितिले बुझायो अपूर्ण प्रतिवेदन ,यी ठाउँमा टुंगिएन क्रियाशील सदस्यता

मेरोन्यूज २०७८ साउन १२ गते १५:४३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यता छानबिन समितिले अपूर्ण प्रतिवेदन केन्द्रिय समितिलाई बुझाएको छ । चार जिल्लाहरुमा देखिएका विवाद समाधान गर्न नसकेपछि केन्द्रीय सदस्यता छानबिन समितिले मंगलबार अपूर्ण प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले विगतमा भन्दा कम विवाद कायम राखेर सदस्यता छानबिन प्रतिवेदन बुझाएको बताए । रमेश लेखकले प्रतिवेदन बुझाएपछि भने, “धनुषाको क्षेत्र नम्बर–४ र सर्लाही क्षेत्र नम्बर–२ को नयाँ क्रियाशील टुंग्याउन नसक्दा पुराना मात्रको सिफारिस गरेका छौँ । सप्तरी र बारा जिल्लाको नयाँ सदस्यबारे नेताहरुबाटै आवश्यक निर्णयका लागि अनुरोध गरेका छौँ ।” लेखकले समितिले सबै निर्णय सर्वसम्मतिमा नै गरेको बताएका छन् भने सोही समितिका सदस्य कल्याण गुरुङले नोट अफ डिसेन्ट लेखेका छन् ।

गुरुङले छानविनको काम नसकेको र विवाद समाधन नभएको प्रतिवेदन बुझाइएको भन्दै नोट अफ डिसेन्ट रहेको बताए । रुपन्देही क्षेत्र नम्बर ४ प्रकृया नपुगेको सबै हटाउन पर्ने, नवलपरासीका रामग्राम नगरपालिका २ वडा फर्जी क्रियाशील हटाउनु पर्ने, बाँके क्षेत्र नम्बर १, का प्रकृया नपुगेका नयाँ थपिएका सबै हटाउनु पर्ने, सुर्खेतका २ वटा वडाका फर्जी कृयाशिल हटाउनु पर्ने माग सुनुवाई नभएको भन्दै गुरुङले फरक मत राखेका छन् ।

यस्तै, विवादित जिल्ला तथा क्षेत्रका सम्बन्धमा पनि समिति सदस्यका रायहरु समेटिएको बताइएको छ । केन्द्रीय सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन आफ्नै समितिमा समेत सहमतिमा तयार नहुँदा प्रतिवेदनसँगै फरक मत पनि दर्ता भएको छ ।

प्रतिक्रिया