गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख सिफारिस, प्रदेश २ को नाम टुङ्गो लागेन
मेरोन्यूज
२०७८ साउन १२ गते १७:५७

काठमाडौं । सरकारले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीबहादुर गुरुङ र लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रिपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गुरुङ नेपाली कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रबाट प्रदेश प्रमुखका लागि सिफारिस भएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपतिले प्रदेश प्रमुखमा नियुक्ति गर्ने व्यवस्था रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी, गण्डकी र प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेश प्रमुखको नाम टुङ्गो नलागेकाले सिफारिस गरेको छैन ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया