गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख सिफारिस, प्रदेश २ को नाम टुङ्गो लागेन
मेरोन्यूज
२०७८ साउन १२ गते १७:५७

काठमाडौं । सरकारले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीबहादुर गुरुङ र लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रिपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गुरुङ नेपाली कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रबाट प्रदेश प्रमुखका लागि सिफारिस भएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपतिले प्रदेश प्रमुखमा नियुक्ति गर्ने व्यवस्था रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी, गण्डकी र प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेश प्रमुखको नाम टुङ्गो नलागेकाले सिफारिस गरेको छैन ।
सम्बन्धित









यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
खैरो हिरोइनसहित आठ जना पक्राउ
मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
प्रतिक्रिया