राजविराज नगरपालिकाको विद्युत लाइन काटियो

राजविराज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत आपूर्ति लाइन काटिएको छ ।
लामो समयदेखि विद्युत महसुल नतिरेका उपभोक्ताको धमाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकाको जरिवानाबाहेक १६ लाख बाँकी रहेको भन्दै विद्युत आपूर्ति लाइन काटिएको हो ।
पटक–पटक ताकेता र पत्राचार गर्दा पनि बेवास्ता गरेकाले कार्यालयको विद्युत आपूर्ति बन्द गरी लाइन काटिएको वितरण केन्द्र राजविराजका प्रमुख आमोदप्रसाद यादवले जानकारी दिए ।
उनले भने, “दुई दिनअघि पनि बक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमा समेत जानकारी गराउँदा नगरपालिकाले बेवास्ता गरेकाले बाध्य भएर लाइन काट्नुपरेको छ, बक्यौता महसुल नबुझाएसम्म लाइन जोडिँदैन ।”
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले प्राधिकरणद्वारा विद्युत सेवा प्रदानका लागि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोलवापतको भाडा नगरपालिकाले नलिएको र प्राधिकरणले पनि विद्युत महसुल नलिने भन्ने विषयमा नगरपालिकाको तर्फबाट पहल भइरहेका बेला एक्कासि लाइन काटिनु उचित नभएको बताए ।
नगरपालिका स्थापना भएदेखि नै विद्युत महसुल नबुझाएको नगरपालिकाबाट बुझिएको छ । एक्कासि लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट सञ्चालन हुने सबै सेवा ठप्प भएको छ ।
















नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया