प्रचण्डको नक्कली हस्ताक्षर गरेको भन्दै माओवादी केन्द्रद्वारा आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नक्कली हस्ताक्षर गरी पार्टीको लेडर प्याडमा मन्त्रिपरिषद् विस्तार सम्बन्धमा गलत सूचना प्रभाह गरेको भन्दै आपत्ति जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा केही अपराधिक, अराजक एवमं प्रतिगामी तत्वहरुले हाम्रो पार्टीको लेडर प्याड, पार्टीको छाप र अध्यक्ष प्रचण्डको नककली हस्ताक्षर गरी पार्टी, ५ दलीय गठबन्धन र आम जनसमुदायमा भ्रम सिर्जना गर्ने उद्देश्यले सामाजिक सञ्जालमा गलत सूचना प्रभाव गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘केही समय यता प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अतालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बदनाम गर्ने कुत्सिल मनसायले यस्ता हर्कतहरु गर्दै आएका छन् । यस्ता झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंत्ति, लोकतान्त्रिक शक्ति र जनसमुदायलाई हाम्रो पार्टी अनुरोध गर्दछ ।‘
प्रविधिको प्रयोग गरी समाजमा भ्रम फैलाउने तत्वमाथि अनुसनधान गरी कारबाही गर्न माओवादीले माग गरेको छ ।

















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रतिक्रिया