प्रचण्डको नक्कली हस्ताक्षर गरेको भन्दै माओवादी केन्द्रद्वारा आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नक्कली हस्ताक्षर गरी पार्टीको लेडर प्याडमा मन्त्रिपरिषद् विस्तार सम्बन्धमा गलत सूचना प्रभाह गरेको भन्दै आपत्ति जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा केही अपराधिक, अराजक एवमं प्रतिगामी तत्वहरुले हाम्रो पार्टीको लेडर प्याड, पार्टीको छाप र अध्यक्ष प्रचण्डको नककली हस्ताक्षर गरी पार्टी, ५ दलीय गठबन्धन र आम जनसमुदायमा भ्रम सिर्जना गर्ने उद्देश्यले सामाजिक सञ्जालमा गलत सूचना प्रभाव गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘केही समय यता प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अतालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बदनाम गर्ने कुत्सिल मनसायले यस्ता हर्कतहरु गर्दै आएका छन् । यस्ता झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंत्ति, लोकतान्त्रिक शक्ति र जनसमुदायलाई हाम्रो पार्टी अनुरोध गर्दछ ।‘
प्रविधिको प्रयोग गरी समाजमा भ्रम फैलाउने तत्वमाथि अनुसनधान गरी कारबाही गर्न माओवादीले माग गरेको छ ।

















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया