भारतमा थप ४३ हजार ६५४ जना कोरोना भाइरस संक्रमित

भारत । भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४ जनामा कोरोना संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यहाँ दैनिक कोरोना भाइरस संक्रमितको संख्या सोमबारको तुलनामा मङ्गलबार बढेको सो मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार २९ हजार ६८९ जनामा कोरोना संक्रमण देखा परेको थियो । हाल भारतमा तीन लाख ९९ हजार ४३६ जना सक्रिय संक्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना संक्रमणको कारण ६४० जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २२ हजार २२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
गत २४ घण्टामा यहाँ ४१ हजार ६७८ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख ६३ हजार १४७ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । संक्रमण मुक्त भएकाहरुको यो संख्या ९७.३९ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसविरुद्ध ४४ करोड ६१ लाख ५६ हजार भन्दा बढी डोज खोप लगाइएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ४६ करोड ९ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस
















बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया