शनिबार, वैशाख २६, २०८३

प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी

मेरोन्यूज २०८३ वैशाख २६ गते १७:०९

काठमाडौं । संवैधानिक परिषद्ले मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको प्रति कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सार्वजनिक रुपमा सांकेतिक बिरोध गरेकी छन् ।

Advertisement
NiccNicc

शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने टिप्पणी गर्दै असन्तुष्टी व्यक्त गरेकी हुन् ।

उनले भनिन्-‘वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कामहरूले निरंकुशताको झझल्को पनि दिन्छ,’ उनले भनिन्, ‘औचित्यताको नाममा विधिमा छेडछानी गर्ने कार्य स्वेक्षाचारिता शासकका लागि स्वभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेका लागि सह्य हुँदैन। यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्नुपर्ने कुरा हो। विधिको शासन विरुद्ध षड्यन्त्र गर्ने विरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्दछ।’


उनले जेनजी आन्दोलन र त्यसपछी संविधान मिच्ने काम भएको घटनाक्रमलाई सांकेतिक रुपमा असन्तुष्टी जनाउँदै संविधानलाई यथास्थितिमा राखेर संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन नसक्ने बताइन्उ । मल्लले न्यायाधीशहरूलाई डर र प्रभावमा राखेर न्याय सम्पादन सम्भव नभएको बताएकी छन्।

‘म सबै हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु। डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्। डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीबाट आह्वान गर्दछु,’ उनले भनिन्।

उनले भनिन् , संविधानलाई यथास्थितिमा राखेर संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन । संविधानको विरुप पारेर संविधानको सरोकारवाला सञ्चालकको रुप सिंगार्न सकिंदैन,’

प्रधानन्यायाधीश मल्लले संविधानको उल्लंघन गर्नेहरूलाई संविधानविरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको बफादार कार्यान्वयन पनि हुन नसक्ने टिप्पणी गरिन् ।

प्रतिक्रिया