माओवादीद्वारा सांसद पदमुक्त भएका पूर्वमन्त्री सर्वोच्चमा, विहीबारका लागि पेसी तोकियो

काठमाडौं । नेकपा एमाले माओवादी खेमाका चार जना नेता सर्वोच्च अदालत पुगेका छन् । नेकपा माओवादी केन्द्रले सांसद पदबाट कारबाही गरेका चारजना पूर्वमन्त्रीले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्
। आज सर्वोच्च अदालतमा गएर माओवादीले गरेको कारबाहीका विरद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेको पूर्वमन्त्री तथा एमाले नेता लेखराज भट्टले बताएका छन् । गत चैत २६ मा माओवादी केन्द्रले माओवादी दल त्याग गरी एमालेमा लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको थियो ।
सोही पत्रका आधारमा संसद सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त गरेको थियो । आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरुले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । रिटमा उनीहरुले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरण अनुसार आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहाली हुनुपर्ने माग गरेका छन् ।
रिट निवेदनमा माओवादी केन्द्रीय समितिले गर्नुपर्ने निर्णय गैरकानूनी तरिकाले अध्यक्ष प्रचण्डले मात्र गरेको र विधानले अध्यक्षलाई दिएको ५ वटा अधिकारमा प्रतिनिधिसभा सदस्यको पद खारेज गर्ने अधिकार नरहेको उल्लेख गरिएको छ । उनीहरुको रिटमाथि सर्वोच्च अदालतले विहीबार सुनुवाइ गर्न पेसी तोकेको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया