मंगलबार, वैशाख ८, २०८३

देउवालाई चिनियाँ समकक्षीको बधाई सन्देश

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्री देउवासँग भने, - दुई देश मिलेर काम गरौं, दुई देशबीचको रणनीतिक साझेदारीले नयाँ उचाइ प्राप्त गर्न सकिन्छ

मेरोन्यूज २०७८ साउन १३ गते १९:०६

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

काठमाडौं । कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको १६ दिन पछि चिनियाँ समकक्षी ली खछ्याङले बधाई सन्देश पठाएका छन्। प्रधानमन्त्री खछ्याङले देउवसँग दुई देश वीच मिलेर काम गरेमा दुई देशवीचको रणनीतिक साक्षेदारीले नयाँ उचाई प्राप्त गर्ने भन्दै बधाई सन्देश पठाएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार ट्वीट गर्दै उक्त जानकारी दिएकी हुन्।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले ​ली खछ्याङले कोरोना महामारीको चुनौतिहरू पार गर्न, उच्च गुणस्तरीय बीआरआई परियोजना प्रबर्द्धन गर्न, बिभिन्न क्षेत्रमा पारस्परिक लाभदायक सहयोग विस्तार गर्न र दुई देशको रणनीतिक साझेदारीलाई निरन्तरता दिनको लागि मिलेर काम गर्ने अपेक्षा सहित प्रधानमन्त्री देउवालाई बधाई सन्देश पठाएको उल्लेख गरेको छ ।

प्रतिक्रिया