पार्टी एकता कायम राख्ने एमाले नेता नेपालका तीन विकल्प

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि विश्वासको वातावरण बन्न् नसकेको बताएका छन् । उनले आफू पार्टी एकताको पक्षमा रहेपनि अध्यक्ष केपी शर्मा ओली संकटमा परेपछि एकताको कुरा गर्ने तर पछि अपमानयुक्त अभिव्यक्ति दिने गरेको बताए ।
बुधबार आफू निकट नेताहरुसँगको छलफलमा नेता नेपालले अध्यक्ष ओलीले अहंकार देखाएर ‘आममाफी’ दिएको बताए । उनले भने, ‘आफू एकताको विपक्षमा छैन । पार्टीमा सबैले सम्मानको अनुभूति गर्ने वातावरण बन्नुपर्छ । अहंकारविरुद्ध अर्धविद्रोह गरेका हौं । पूर्ण विद्रोह भएको छैन । पूर्ण विद्रोह भनेको पार्टी विभाजन हो । एकताको पक्षमा उभिएकाहरु विभाजनमा जानु बाध्यता हो ।’
छलफलमा नेता नेपालले नेतृत्वबारे तीन विकल्प प्रस्ताव गरेका छन् । उनले नेतृत्वबारे छलफल गर्न आफू तयार रहेको जनाएका छन् । उनले दोस्रो अध्यक्ष नभएर समान हैसियतको हुनुपर्ने बताएका छन् । तर, उनले ओलीसँग आफू अध्यक्ष नबन्ने बताएका छन् । उनले दुई अध्यक्षमा सहमति भए वरिष्ठ नेता झलनाथ खनाललाई बनाउनु पर्ने प्रस्ताव गरेका छन् । अर्को विकल्पमा उनले अध्यक्ष मण्डल बनाउने र त्यसमा ओली, खनाल र वामदेव गौतम रहनु पर्ने बताए । तेस्रो विकल्प ओली र आफू दुवैले पदीय जिम्मेवारीबाट बिदा हुनुपर्ने सर्त राखेका छन् ।
तर, कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले ओली र नेता नेपाल नभए एकता कायम राख्न नसकिने बताएका थिए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया