पार्टी एकता कायम राख्ने एमाले नेता नेपालका तीन विकल्प

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि विश्वासको वातावरण बन्न् नसकेको बताएका छन् । उनले आफू पार्टी एकताको पक्षमा रहेपनि अध्यक्ष केपी शर्मा ओली संकटमा परेपछि एकताको कुरा गर्ने तर पछि अपमानयुक्त अभिव्यक्ति दिने गरेको बताए ।
बुधबार आफू निकट नेताहरुसँगको छलफलमा नेता नेपालले अध्यक्ष ओलीले अहंकार देखाएर ‘आममाफी’ दिएको बताए । उनले भने, ‘आफू एकताको विपक्षमा छैन । पार्टीमा सबैले सम्मानको अनुभूति गर्ने वातावरण बन्नुपर्छ । अहंकारविरुद्ध अर्धविद्रोह गरेका हौं । पूर्ण विद्रोह भएको छैन । पूर्ण विद्रोह भनेको पार्टी विभाजन हो । एकताको पक्षमा उभिएकाहरु विभाजनमा जानु बाध्यता हो ।’
छलफलमा नेता नेपालले नेतृत्वबारे तीन विकल्प प्रस्ताव गरेका छन् । उनले नेतृत्वबारे छलफल गर्न आफू तयार रहेको जनाएका छन् । उनले दोस्रो अध्यक्ष नभएर समान हैसियतको हुनुपर्ने बताएका छन् । तर, उनले ओलीसँग आफू अध्यक्ष नबन्ने बताएका छन् । उनले दुई अध्यक्षमा सहमति भए वरिष्ठ नेता झलनाथ खनाललाई बनाउनु पर्ने प्रस्ताव गरेका छन् । अर्को विकल्पमा उनले अध्यक्ष मण्डल बनाउने र त्यसमा ओली, खनाल र वामदेव गौतम रहनु पर्ने बताए । तेस्रो विकल्प ओली र आफू दुवैले पदीय जिम्मेवारीबाट बिदा हुनुपर्ने सर्त राखेका छन् ।
तर, कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले ओली र नेता नेपाल नभए एकता कायम राख्न नसकिने बताएका थिए ।
















राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
Ajit Pawar dies in plane crash: Fellow MPs express shock at “heart rending” news, recall big role in development of Baramati
राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता
Gold, silver prices set new records in domestic market
म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया