कांग्रेसको पदाधिकारी बैठक आज पनि, महाधिवेशनको अन्योल टुङ्गिएला ?

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज पनि बस्दै छ ।
बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न १४औं महाधिवेशनबारे आवश्यक निर्णय लिने कांग्रेसले जनाएको छ ।
आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने भनिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि कांग्रेसमा छलफल चलिरहेको छ ।
साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे छलफल भइरहेको छ । यद्धपी निष्कर्ष भने निसिकएको छैन ।
क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई दृष्टिगत गरी नयाँ कार्यतालिका ल्याइने सहमहामन्त्री प्रकाशशरण महतले बताए । उनले तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर भएपनि महाधिवेशन भने निर्धारित मितिमै गर्ने गरी निर्णयमा पुग्ने बताए ।
निर्वाचन समितिले निर्धारित मितिमा महाधिवेशन गराउन नसकिने बताएपनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मान्न तयार छैनन् । उनीहरु दुबै जनाले निर्धारित मितिमै महाधिवेशन हुने पर्ने बताउँदै आएका छन् ।
महाधिवेशनका लागि भोटर क्रियाशील सदस्यता सम्वन्धी विवाद नै कांग्रेसले टुङ्ग्याउन सकेको छैन ।
क्रियाशील सदइता छानविन समितिले अस्ती मंगलबार अपूर्ण प्रतिवेदन नै नेतृत्वलाई बुझाएको थियो ।
नेता रमेश लेखक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमाथि बुधबार छलफल गरी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विवाद मिलाएर प्रतिवेदन पूरा गर्न समितिलाई एक दिनको समय दिएको थियो । समितिले पाएको समयावधी आज सकिंदै छ ।
















मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंमा पनि हल्का वर्षा
National Anti-Money Laundering Day today
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
प्रतिक्रिया