चार पूर्वमन्त्रीको रिटमाथि कार्कीको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतले चार पूर्वमन्त्रीको रिटमा सुनुवाइ गर्न पेसी तोकेको छ । सर्वोच्च अदालतले बिहीबार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ गर्न पेसी तोकेको हो ।
नेकपा एमालेमा प्रवेश गरपछि नेकपा माओवादी केन्द्रले कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथिको सुनुवाइ कार्कीको इजलास हुने भएको छ । उनीहरुले बुधबार सर्वोच्च अदालतमा आफूहरु माओवादी केन्द्रेकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेका छन् ।
रिटमा आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको उनीहरुले दाबी गरेका छन् । गत चैत २६ मा माओवादी केन्द्रले माओवादी दल त्याग गरी एमालेमा लागेको भन्दै रायमाझी, भट्ट, साह र चौधरीलाई सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त गरेको थियो ।
आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरुले सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
















सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया