झापामा चिया उद्योग स्थापना

झापा । व्यापारिक घराना हेरिटेज ग्रुपले चियाको निर्यात गर्ने लक्ष्य लिएर मेचीनगर नगरपालिका–१० मा उद्योग स्थापना गरेको छ । यसअघि कार्पेट र म्याटे«सलगायत विभिन्न वस्तुका उत्पादनमा ख्याति आर्जन गर्दै आएको उक्त ग्रुपले ३० करोड लगानीमा ‘हेरिटेज टी उद्योग’ सञ्चालन गरेको हो ।
गत सातादेखि उद्योग सञ्चालनमा ल्याएको ग्रुपले मेचीनगर–१५ मा १५० बिघा क्षेत्रफलमा चिया बगान पहिल्यैदेखि सञ्चालन गर्दै आएको छ । ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत रहेका छन् ।
प्रदेश नं १ को सबैभन्दा ठूलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंकको पूर्वअध्यक्ष र झापाको चिया उत्पादक र साना किसानबीचको विवाद समाधानमा योगदान पु¥याएका उनले चिया उद्योगमा बढाएको लगानी उत्साहप्रद मानिएको छ ।
उनले पहिलो वर्ष सिटीसी चिया र अर्को वर्षदेखि अर्थोडक्स चियासमेत उत्पादन गरेर विदेश निर्यात गरिने जानकारीदिए । भारत, रुस र अरब मुलुकहरुमा निर्यात गर्ने तयारी रहेको बताइएको छ । वार्षिक १० लाख केजी तयारी चिया उत्पादन गर्ने उक्त उद्योगको क्षमता रहेको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीयवासीले रोजगारी पाएका छन् ।















तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया