झापामा चिया उद्योग स्थापना

झापा । व्यापारिक घराना हेरिटेज ग्रुपले चियाको निर्यात गर्ने लक्ष्य लिएर मेचीनगर नगरपालिका–१० मा उद्योग स्थापना गरेको छ । यसअघि कार्पेट र म्याटे«सलगायत विभिन्न वस्तुका उत्पादनमा ख्याति आर्जन गर्दै आएको उक्त ग्रुपले ३० करोड लगानीमा ‘हेरिटेज टी उद्योग’ सञ्चालन गरेको हो ।
गत सातादेखि उद्योग सञ्चालनमा ल्याएको ग्रुपले मेचीनगर–१५ मा १५० बिघा क्षेत्रफलमा चिया बगान पहिल्यैदेखि सञ्चालन गर्दै आएको छ । ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत रहेका छन् ।
प्रदेश नं १ को सबैभन्दा ठूलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंकको पूर्वअध्यक्ष र झापाको चिया उत्पादक र साना किसानबीचको विवाद समाधानमा योगदान पु¥याएका उनले चिया उद्योगमा बढाएको लगानी उत्साहप्रद मानिएको छ ।
उनले पहिलो वर्ष सिटीसी चिया र अर्को वर्षदेखि अर्थोडक्स चियासमेत उत्पादन गरेर विदेश निर्यात गरिने जानकारीदिए । भारत, रुस र अरब मुलुकहरुमा निर्यात गर्ने तयारी रहेको बताइएको छ । वार्षिक १० लाख केजी तयारी चिया उत्पादन गर्ने उक्त उद्योगको क्षमता रहेको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीयवासीले रोजगारी पाएका छन् ।
















मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंमा पनि हल्का वर्षा
National Anti-Money Laundering Day today
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया