मन्त्रिपरिषद् विस्तारमा अझै सकस, सत्ता गठवन्धनभित्रै लफडा
सत्ता गठवन्धन दललाई मन्त्री छान्न सकस त परेकै छ, जसपालाई कति मन्त्रालय दिने भन्नेमै टुग्गो लाग्न नसक्दा मन्त्रीपरिषद् विस्तारमा ढिलाई भईरहेको छ

काठमाडौं । सत्तारुढ गठवन्धनमा सहभागी दलहरु वीचमै मन्त्रालय भागवन्डामा टुग्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा अझै सकस देखिएको छ । दलहरुभित्रको आन्तरिक विवाद र मन्त्रीहरुको सम्भावित नामको सूचि र मन्त्रालय टुग्गो नलाग्दा गठवन्धन दलहरुको संयुक्त बैठक समेत प्रभावित भएको छ ।
वुधबार दिनभर गठवन्धन दलका शीर्ष नेताहरुले आ–आफनो पार्टीभित्र आन्तरिक छलफल र सहमति खोज्ने र विहिवार विहान गठबन्धन दलका शीर्ष नेताहरुको एकचरण बैठक गरेर मन्त्रीपरिषद् विस्तार गर्ने समझदारी नेताहरुले गरेपनि त्यो प्रयास सफल हुन सकिरहेको छैन ।
दलहरुभित्रै आन्तरिक समझदारी मिल्न नसक्दा विहिवार विहान बस्ने भनिएको सत्ता गठवन्धन दलको बैठक प्रभावित बनेको छ । गठवन्धन दलको संयुक्त बैठक बस्न नसकेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमनत्री शेरवहादुर देउवावीच विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा छलफल भयो । तर गठवन्धना अन्य दलका नेताहरु पनि सहभागी भएर छलफल हुन सकेन ।
प्रधानमन्त्रीसँगको छलफल पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका बरिष्ठ नेता माधव नेपालसँग छलफलका लागि कोटेश्वर पुगेका थिए । नेपालसागको छलफल पछि उनी अहिले आफ्नै निवास खुमलटारमा छन् ।
मन्त्रीपरिषद् विस्तारमा एकातिर मन्त्रालयको भागवन्डा दलहरुको वीचमा अझै बन्न सकेको छैन । अर्काेतिर दलहरुभित्रै कसलाई मन्त्री बनाउने भन्ने पनि टुग्गिएको छैन । तर प्रधानमन्त्री देउवाले दुई तिन दिन यता भने आफुलाई मन्त्रीहरुको नाम छिटो दिन सत्ता गठवन्धनका दल नेताहरुसँग ताकेता गरिरहेका छन् ।
उनले आफनो पार्टीभित्रै पनि मन्त्री बन्नेको सूचि दिन दिनै लामो हुँदै जान थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णवहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलालाई मिलाएर ल्याउन आग्रह गरेका छन् । काग्रेसमा प्रधानमन्त्री देउवाले सम्भावित मन्त्रालयमा दुई–दुई जनाको नाम सिफारिस गरेर नेताहरु पौडेल, खडका र सिटौलालाई मिलाएर ल्याउन आग्रह गरेको प्रधानमन्त्रीको नीजि सचिवालय स्रोतले बताएको छ ।
परराष्टमा सुजाता कोइराला र नारायण खडका दुई जनाको नाम प्रस्ताव भएको छ । अन्य मन्त्रालयमा पन ित्यसैगरी दुई–तीन जना सम्मको नाम सिफारिस भएको स्रोत बताउँछ । अव त्यसमा के कसरी मिलाउने त्यसमा छलफल गर्न पौडेल, सिटौला र खडकालाई देउवाले अख्तियारी दिएको स्रोत बताउँछ ।
गठवन्धनमा मन्त्रालय भागवन्डामै सवैभन्दा कठिन जसपालाई मिलाउन सकस परिरहेको देउवा निकट स्रोतले जनाएको छ । जसपालाई काग्रेस माओवादीले दिन चाहेको मन्त्रालयको संख्या भन्दा वढी नै माग जसपावाट भएको छ । दुई दिन यता बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठकमा मन्त्रीहरुको सूचि लम्विदो भएपछि अध्यक्ष उपेन्द्र यादव प्रेसरमा छन् । गठवन्धन दलले दिने मन्त्रालयको संख्याको सिमितता र पार्टीभित्र आकाक्षीको लामो रोष्टर तयार हुँदा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष सँग मन्त्रालय भागवन्डामै जसपाको मिल्न सकिरहेको छैन ।
जसपाले मन्त्रालयको भागवन्डा मिलाउन र मन्त्रीहरुको नाम टुग्गो लगाउन वुधबारको बैठकले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा वावुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिने निर्णय गरेको छ ।
तर मन्त्रालयको भागवन्डामै कुरा अल्झिरहेको सरकारका एक मन्त्रीले जानकारी दिए । ति मन्त्रीका अनुसार उपेन्द्य्रसाग मन्त्रालयमै कुरा मिलिरहेको छैन ।
प्रधानमन्त्री देउवाले भने दलहरुका वीचमा मन्त्रालय भागवन्डा मिलेर मन्त्रीहरुको नाम सिफारिस भएर आएमा आजै साझ सम्म पनि मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका थिए । नभएपनि उनले भोलि सम्म भएपनि मन्त्रीपरिषद् विस्तार गर्ने सोच बनाएका छन् । त्यसका लागि उनले ताकेता गरेको गरयै छन् ।
देउवा प्रधानमन्त्री बनेकौ १७ दिन भईसकेको छ । यो वीचमा उनले कांग्रेसका २ र माओवादी केन्द्रका २ नेतालाई मन्त्री बनाएका छन् । वीचमा कांग्रेसका एक लाई राज्यमन्त्री बनाएका छन् । त्यसभन्दा वढी उनले कसैलाई पनि मन्त्री बनाएका छैनन । झण्डै तीन साता पुगन लाग्दा समेत मन्त्री परिषद् विस्तार नहुादा मन्त्रालयको काम समेत प्रभावित वन्न थालिसकेको छ ।
मन्त्रीपरिषद् विस्तारमा ढिलाई गर्दा प्रधानमन्त्री आलोचित बन्न थालिसकेका छन् ।
आजै साझ सम्म पनि देउवाले पार्टीका तीन नेता र अन्य गठवन्धन दलका शीर्ष नेताहरुलाई छलफल गरेर आन्तरिक भागवन्डा टुग्याउन र नाम सिफारिस गर्न भनिरहेका छन् ।
दलहरुका वीचमा मन्त्रालय भागवन्डा टुग्गिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्नृ उत्तिकै जटिलता देखिएको छ । काग्रेस, माओवादी केन्द्र र जसपा तिन ओटै गठवन्धनभित्र मन्त्री बन्नेको सूचि लामो छ ।















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया