जर्मनीमा आधाभन्दा बढी जनसंख्यालाई खोप
काठमाडौँ । जर्मनीको आधाभन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको छ ।
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेर खोप दिइएको जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पानले बताएका छन् ।
स्पानका अनुसार ४ करोड १८ लाख जर्मन हाल पूर्णरुपमा सुरक्षित भएका छन् । जर्मनीको कूल जनसंख्या ८ करोड ३० लाख भन्दा बढी छ । जर्मनीको आधा जनसंख्या भनेको ४ करोड १५ लाख भन्दा बढी हो ।
त्यस्तै ६१ दशमलब १ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि उनले बताए । प्रायः सबैले नागरिकले शरद र जाडो मौसमसम्म खोप पाइसक्ने उनले बताए ।
जर्मनीमा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ३७ लाख ६६ हजार ५ सय १ व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमणको कारण ९१ हजार ५९२ व्यक्तिको मृत्यु भएको यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस÷एएफपी
प्रतिक्रिया