शनिबार, वैशाख २६, २०८३

कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा

मेरोन्यूज २०८३ वैशाख २६ गते १७:४०

धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने बताएका छन्। प्रदेशहरुमा एमाले कांग्रेसको समिकरण टुट्नेबारे चर्चा चलिरहेका बेला ‘जरा अभियान’ अन्तर्गत कैलालीको धनगढीमा सभापति थापाले अहिलेको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताए।

Advertisement
NiccNicc

‘हामी प्रदेश निर्वाचनको सम्मुखमा आएका छौं । अहिले कांग्रेस–एमालेबीच संयुक्त सरकार छ । त्यसभित्र नेतृत्व आउने-जाने वा सरकार सञ्चालनसम्बन्धी समझदारी कांग्रेस र एमालेबीचकै छलफलका विषय हुन् । कांग्रेस–एमालेबाहेक अर्को सरकार बन्छ भन्ने कुराबाट अलमलमा रहन आवश्यक छैन,’ उनले भने ।

उनले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम तथा बजेटबारे पनि संवाद जारी रहेको बताए। प्रदेश सरकारहरू ठीक ढंगले चल्नुपर्नेमा उनले जोड दिए।

मधेश प्रदेशमा समेत नेकपासहित छलफल भइरहेको जानकारी उनले दिए। थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्केर नयाँ जिम्मेवारी र सोचसहित अघि बढ्न आग्रह गरे। पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता–कार्यकर्तालाई केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी पनि उनले दिए।

प्रतिक्रिया