नेपालमा नै अन्तराष्ट्रिय स्तरको पेन्टस उत्पादन
काठमाडौं । फेसन पेन्टस प्रा. लि. ले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । नेपाल गुणस्तर विभागका प्रमुख विश्व बाबु पुडासैनीले विभागले तयार पारेको मापदण्ड भन्दा पनि राम्रो गुणस्तरको रङ्गहरु उत्पादन भएकोले गुणस्तर चिन्ह उपलब्ध गराएको बताए ।
विगत ३ वर्षदेखि आफ्नो उत्पादन सुरु गरेको फेसन पेन्ट्सले नेपालीको लगानीमा नेपालमा नै अन्तराष्ट्रियस्तरको पेन्टस उत्पादन गर्ने कम्पनीका संचालक एवम केमिकल विज्ञ अरविन्द सिंहले बताए ।
उनले भने, “आगामी दिनमा फेसन पेन्टसले बजार छिटै लिने विश्वास गरेका छौं ।”
फेसन पेन्टसको उत्पादन नेपालका ८० भन्दा बढी डिलरबाट बजारमा विक्री भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका संचालक एवम केमिकल विज्ञ सिंहका अनुसार कुनै पनि मल्टी नेशनल कम्पनीले उत्पादन गर्ने पेन्टस भन्दा फेसन पेन्टसले उत्पादन गर्ने पेन्टस कम गुणस्तरको नभएको बताए ।
उनले भने,“हामीले गुणस्तरको रङ्ग उत्पादन गरेर उपभोक्ताको मन जितेका छौं यसलाई कायम राख्न सक्नु पर्छ ।”
छिटै आगामी दिनमा फरक फरक किसिमका गुणस्तरीय रङ्गहरु उत्पादन गरेर बजारमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । हाल कम्पनीले एउटा घरमा आवश्यक पर्ने सम्पुर्ण पेन्टस उत्पादन गर्दै आइरहेको छ ।
प्रतिक्रिया