नेपालमा नै अन्तराष्ट्रिय स्तरको पेन्टस उत्पादन

काठमाडौं । फेसन पेन्टस प्रा. लि. ले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । नेपाल गुणस्तर विभागका प्रमुख विश्व बाबु पुडासैनीले विभागले तयार पारेको मापदण्ड भन्दा पनि राम्रो गुणस्तरको रङ्गहरु उत्पादन भएकोले गुणस्तर चिन्ह उपलब्ध गराएको बताए ।
विगत ३ वर्षदेखि आफ्नो उत्पादन सुरु गरेको फेसन पेन्ट्सले नेपालीको लगानीमा नेपालमा नै अन्तराष्ट्रियस्तरको पेन्टस उत्पादन गर्ने कम्पनीका संचालक एवम केमिकल विज्ञ अरविन्द सिंहले बताए ।
उनले भने, “आगामी दिनमा फेसन पेन्टसले बजार छिटै लिने विश्वास गरेका छौं ।”
फेसन पेन्टसको उत्पादन नेपालका ८० भन्दा बढी डिलरबाट बजारमा विक्री भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका संचालक एवम केमिकल विज्ञ सिंहका अनुसार कुनै पनि मल्टी नेशनल कम्पनीले उत्पादन गर्ने पेन्टस भन्दा फेसन पेन्टसले उत्पादन गर्ने पेन्टस कम गुणस्तरको नभएको बताए ।
उनले भने,“हामीले गुणस्तरको रङ्ग उत्पादन गरेर उपभोक्ताको मन जितेका छौं यसलाई कायम राख्न सक्नु पर्छ ।”
छिटै आगामी दिनमा फरक फरक किसिमका गुणस्तरीय रङ्गहरु उत्पादन गरेर बजारमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । हाल कम्पनीले एउटा घरमा आवश्यक पर्ने सम्पुर्ण पेन्टस उत्पादन गर्दै आइरहेको छ ।


















मधेशमा सुरक्षा व्यवस्था कडा
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः ८ जनाको मृत्यु, थुप्रै घाइते
शाओमीको वीरगञ्ज र जनकपुरमा आधिकारिक सर्भिस सेन्टर खुला
8 killed in pro-Iran protest at US consulate in Pakistan’s Karachi
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
प्रतिक्रिया