अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय

काठमाडौं । न्यू समिट माध्यमिक विद्यालयले यहि फाल्गुनकाे १६ गते २३ र २४ गते प्रि–स्कूलदेखि प्राथमिक तहसम्मका शिक्षकहरूलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्ने भएको छ।
तीन दिने यस पेशागत विकास कार्यक्रमको उद्देश्य आधुनिक शिक्षण–सिकाइ अभ्यासलाई सुदृढ बनाउनुका साथै शिक्षा क्षेत्रमा महिला सशक्तीकरणलाई विशेष प्राथमिकता दिनु रहेको विद्यालयले जनाएकाे छ ।
कार्यक्रम फाल्गुन २४ गते महिला सशक्तीकरणको मूल विषयवस्तुसहित समापन हुनेछ। विद्यालयका अनुसार यो कार्यक्रम शिक्षा क्षेत्रमा महिला सशक्तीकरणप्रति समर्पित सौजन्य पहलका रूपमा आयोजना गरिएको हो,जसले विद्यालयहरूमा महिला शिक्षकहरूको भूमिका सुदृढ र सशक्त बनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
विद्यालयका अध्यक्ष अजय ढकालले भने – “महिला शिक्षकलाई सशक्त बनाउनु भनेको पुस्तालाई सशक्त बनाउनु हो। जब शिक्षकको आत्मविश्वास र दक्षता बढ्छ, कक्षाकोठा रूपान्तरण हुन्छ र अन्ततः समाज नै रूपान्तरण हुन्छ। न्यू समिटमा हामी विश्वास गर्छौं कि शैक्षिक रूपान्तरण शिक्षक सशक्तीकरणबाट नै सुरु हुन्छ।”
कार्यशालामा विशिष्ट सहजकर्ताहरू तथा शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहनेछ। विद्यालयका प्रधानाध्यापक रुपेन्द्र पाेखरेल प्रमुख सत्र सहजकर्तामध्ये एकका रूपमा सहभागी भई प्रगतिशील तथा विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिबारे आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्नेछन्। विद्यालय सधैं समुदायसँग नजिक रही सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको प्रधानाध्यापक पाेखरेलले बताए।
कार्यक्रमको संयोजक लजिता शर्माले रहेकी छन्। कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै उनले भनिन् – “हामी अत्यन्त न्यून शुल्कमा यो कार्यशाला सञ्चालन गर्दैछौं, जसको मुख्य उद्देश्य महिला शिक्षकहरूलाई सशक्त बनाउनु र उनीहरू मार्फत कक्षाकोठाभित्रै जीवन रूपान्तरण गर्नु हो। पेशागत विकास पहुँचयोग्य, व्यवहारिक र रूपान्तरणकारी हुनुपर्छ।”
विद्यालयले यस कार्यशालालाई केवल तालिम कार्यक्रम मात्र नभई नेपालको शैक्षिक परिदृश्यमा सार्थक योगदानका रूपमा लिइएको जनाएकाे छ।
तीव्र गतिमा परिवर्तन भइरहेको अहिलेकाे समयमा शिक्षण–सिकाइ अभ्यासको रूपान्तरण अत्यन्त आवश्यक भइसकेको विद्यालयका प्रतिनिधिहरूले बताएका छन्। यही आवश्यकतालाई सम्बोधन गर्न भविष्यमा पनि यस्ता शिक्षक सशक्तीकरण कार्यक्रमहरू निरन्तर आयोजना गर्ने विद्यालयले प्रतिबद्धता जनाएको छ।
















सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया