बिहीबार, फागुन १४, २०८२

टीकापुरमा मेडिकल कलेज किन ?

गुणराज लोहनी २०७८ साउन १५ गते ७:०६

काठमाडौं । टीकापुरको लामो इतिहास नभएपनि यसको स्थापना यस क्षेत्रको पाकृतिक सौन्दर्यलाई संरक्षण गर्दै, पर्यटकीय क्षेत्र बनाउने, सुदूर पश्चिमकै शैक्षिक, औद्योगिक क्षेत्रमा विकास गर्ने रहेको कुरा २०२८ साल साउन ३१ को राजतन्त्रमा प्रकाशन गरिएको दस्तावेजमा टीकापुर विकास समितिआदेश जारि भएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

यसको शुरुआत व्यवस्थित, सम्पूर्ण भौतिक साधनस्रोतले परिपूर्ण अत्याधुनिक सहरको स्थापना र विकास, त्यसको मुख्य आकषर्णकारुपमा यस क्षेत्रका जनताका बालबालिकालाई उच्चस्तरिय शिक्षा, यसको वरिपरि व्यवस्थित ग्रामिण क्षेत्र रहेको थियो । ती कुनै पनि योजनाहरु पूर्ण भएका छैनन् ।

तर पनि योजना बनाउँदा नै खक्रौला टीकापुरसम्मको ट्रेनको लिक, चौडा मोटर बाटो, सहरभित्रका बाटाहरु प्नि चौडा र फराकिला, प्रत्येक ४,५ घरकाबीचमा फराकिला चोकहरु, स्कूल, कलेज, अस्पताललाई प्रशस्त मात्रामा छुट्याइएका जमिन टीकापुर ‘टाउन’ विशेषता हुन् ।

सुदूर पश्चिमको यो पहिलो टाउन प्लानिङ हो । २०४६ सालसम्म टीकापुर कैलालीको मात्र नभएर सुदूर पश्चिमकालागि शिक्षाको केन्द्र बनेको थियो । शिक्षालाई नै आधार बनाएर तीब्र बसाईसराइ भएको थियो ।

तेस्रोमा यहाँको पर्यटकीय क्षेत्र टीकापुर पार्क‘बंगला’ थियो । तत्कालिन टीकापुर आवासीय माध्यमिक विद्यालय (वीरेन्द्र विद्यामन्दिर माध्यमिक) मा पढ्न पाउनु निकै गर्वको कुरा हुन्थ्यो ।

मेडिकल कजेलका आधारहरु
१) ३७ वर्षदेखि शैक्षिक नगरीकारुपमा परिचित ।
२) बर्दियाका गुलरियासम्मको क्षेत्र (कर्णाली र भेरी नदिमा पुल बनेपछि) लाई सुविधा हुने ।
३) सेती मार्ग निर्माणसँगै पश्चिम सुर्खेत, दक्षिण अछाम, दक्षिण पूर्वी डोटीसम्मलाई सुवधिा । कैलाली, कञ्चनपुरको सबै क्षेत्रलाई सुविधा ।
४) शिक्षा क्षेत्र शान्त, रमणीय, सुन्दर र वातानुकुलित हुनु पर्ने भएकाले टीकापुरमा पार्क, कर्णाली रमणीय किनार छ । पछिल्लोक्रममा केरा खेती, केरा रेस्टुरेन्ट, हराभरा स्थल छ ।
५) यातायातको सुविधा भएको ।
६) विज्ञान विषय पढाइने कलेजहरुको ठूलो संख्या ।

भौतिक संरचना र पूर्वाधार
१) अस्पताल, विद्यालय जस्ता अत्यावश्यक क्षेत्रलाई भनेर जमिन छुट्याइएको थियो । तिनै स्थानमा बनाउने वा अन्य क्षेत्रमा । यसकालागि जमिनको अभाव हुँदैन ।
२) भौतिक पूर्वाधारकारुपमा विशाल चौडा बाटा, अत्याधुनिक संरचना कर्णाली र भेरी दुवै नदीमा पुल, पूर्वाधार निर्माणकालागि आवश्यक पर्ने भौतिक साधनस्रोध प्रचुरता ।
३) सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विद्यार्थी भर्ना हो । टीकापुर सुदूरपश्चिमको पूर्वतिर पर्ने तराई क्षेत्र भएकाले हुलाकी, सेती लोकर्माग बनेपछि (टीकापुरदेखि डोटी हुँदै बझाङसम्म) का विद्यार्थीको चिकित्साशास्त्र पढ्ने चाहना पूरा गर्न सकिने ।

मेडिकल कलेज स्थापनाबाट हुने उपलब्धिहरु
१) सिंगो सुदूरपश्चिमका चिकित्साशास्त्र पढ्न चाहाने विद्यार्थीले सस्तो, सर्वसुलभ र वातानुकुलित क्षेत्रमा अध्ययन गर्न पाउने ।
२) सुदूरपश्चिम जहाँ चकित्सिकको संख्या असाध्यै कम रहेको छ, नेपालमा पछिल्लो तथ्यांक अनुसार १ जना डक्टर बराबर १ हजार ७ सय २४ रहेको छ । उक्त कमीलाई शिघ्राधीशिघ्र आपूर्ति गर्ने ।
३) स्वास्थ्य क्षेत्रमा अनुसन्धान र खोज हुने भएकाले यस क्षेत्रको पहाडि भूभागमा भएका औषधिजन्य जडीबुढीको खोज, प्रशोधन हुने ।
४) सामान्य उपचारकालागि पनि यस क्षेत्रका जनता भारत जानु पर्ने भएकाले मेडिकल कलेज खुलेका नेपाली मुद्रा विदेशिनबाट रोकिने ।
५) मेडिकल कलेज बनेमा यस क्षेत्रका सामान्य जनताका छोराछोरीले चिकित्साशास्त्र पढ्न पाउने ।
६) यस भूगोलका अन्य क्षेत्रको विकास र प्रवर्दनमा सहयोगि बन्ने । उदाहरणकालागि औषधि उद्योग, जडीबुटी प्रशोधन ।

(टिकापुर सरोकार समूहका लागि लोहनीले तयार पारेको अवधारणापत्र)

प्रतिक्रिया