बुधबार, माघ २३, २०८१

पूर्व माओवादी नेताहरुको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा

मेरोन्यूज २०७८ साउन १५ गते ११:३८

काठमाडौं । पूर्व माओवादी नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ । शुक्रबार सर्वोच्च अदालतले उनीहरुको रिटमाथि सुनुवाई गर्न भट्टराईको इजलासमा पेसी तोकेको छ ।

Advertisement

पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पूनवाहीलीको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दिएर गरेका थिए । उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएको थियो । तर, लागूऔषध मुद्दाको सुनुवाइ गर्नु पर्ने भएकाले उनीहरुको रिटमाथि समय अभावका कारण हेर्न नभ्याइने सूचीमा राखेको थियो।

रिटमा आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको उनीहरुले दाबी गरेका छन् । गत चैत २६ मा माओवादी केन्द्रले माओवादी दल त्याग गरी एमालेमा लागेको भन्दै रायमाझी, भट्ट, साह र चौधरीलाई सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद सचिवालयले उनीहरुलाई सांसद पदबाट मुक्त गरेको थियो ।

प्रतिक्रिया