शनिबार, वैशाख २६, २०८३

साल्ट ट्रेडिङले बालहितमा काम गर्नेलाई पुरस्कार दिने

मेरोन्यूज २०७८ साउन १५ गते ११:५८

कठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको ५९ औं वार्षिकोत्सवको अवसरमा बाल हितकारी पुरस्कार २०७८ को आवहन गरेको छ ।

Advertisement
NiccNicc

कर्पोरेसनले शुक्रबार एक सूचना जारी गर्दै बालबालिको शैक्षिक, स्वास्थ्य, शिक्षा बालमनोबिज्ञान, शारीरिक, भौतिक, अभिवृद्धि एंव नैतिक तथा चारित्रिक विकासका लागि काम गर्ने व्यक्ति वा संस्थाले पुरस्कारको लागि आवहन गर्न सक्नेछन् ।

७५ हजार रुपैयाँको बाल हितकारी पुरस्कार वार्षिकोत्सवको दिन भदौ २७ गते वितरण गर्ने कार्यक्रम छ ।

बालबालिकाको हितमा काम गर्नेले यहि श्रावण महिनाको अन्तिम दिन ३२ गतेसम्म आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया