ठाकुरको रिट न्यायाधीश खतिवडा र चुडालको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता महन्थ ठाकुरले दायर गरेको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालतले पेसी तोकेको छ । सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकेको हो ।
निर्वाचन योगले गरेको निर्णयविरुद्ध जसपा ठाकुर पक्ष सर्वोच्च अदालत गएको थियो । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई रोक्न माग गर्दै ठाकुर पक्षले सर्वोच्चमा रिट दर्ता गरेको हो । तर, सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने दाबी गरेको थियो ।
यस्तै निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । रिटमा ठाकुर पक्षले कार्यकारिणी समितिको विवाद निरूपण नगरी निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएको भन्दै रोक्न माग गरेको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया