ठाकुरको रिट न्यायाधीश खतिवडा र चुडालको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता महन्थ ठाकुरले दायर गरेको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालतले पेसी तोकेको छ । सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकेको हो ।
निर्वाचन योगले गरेको निर्णयविरुद्ध जसपा ठाकुर पक्ष सर्वोच्च अदालत गएको थियो । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई रोक्न माग गर्दै ठाकुर पक्षले सर्वोच्चमा रिट दर्ता गरेको हो । तर, सर्वोच्चले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने दाबी गरेको थियो ।
यस्तै निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । रिटमा ठाकुर पक्षले कार्यकारिणी समितिको विवाद निरूपण नगरी निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएको भन्दै रोक्न माग गरेको छ ।










एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिक्रिया