आफू अनुकूल न्यायाधीश नपरेको भन्दै पूर्व माओवादी नेताले स्थगित गरे पेशी
काठमाडौँ । नेकपा एमालेका चार जना नेताहरूले सर्वोच्च अदालतमा दायर गरेको इजलास सार्ने भएका छन् । नेकपा माओावादी केन्द्र परित्याग गरेको भन्दै उनीहरूमाथि साधरण सदस्यसमेत नहरने गरी कारबाही भएको थियो ।
माओवादीको कारबाहीसँगै प्रतिनिधिसभा सदस्याको पद गुमाएका एमालेका नेताहरूको दायर गरेको मुद्दाको पेसी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएसँगै मिति सार्ने भएका हुन् । उक्त रिट निवेदनमाथि आज न्यायाधीश भट्टराईको इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको थियो ।
यसअघि उक्त रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा बिहीबारका लागि पेसी तोकिएको थियो । उनले उक्त इजलास हेर्न नभ्याइनेमा राखेका थिए ।
एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए ।
उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएका थिए ।
प्रतिक्रिया