’ख्यास्स पुतली‘ तीज गीतको चर्को आलोचना, गायक थापालाई बहिष्कार गर्ने प्रतिष्ठानको तयारी

काठमाडौं । गायक दुर्गेश थापाको नयाँ सार्वजनिक भएको गीत ‘बीच्च बीच्चमा ४’को चर्को आलोचना भएको छ । गीतमा प्रयोग भएका शब्दलाई लिएर सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ ।
‘बीच्च बीच्चमा ४’ को ख्यास्स पुतली गीतले तीजको मर्ममाथि प्रहार गरेको भन्दै स्रोता–दर्शकहरुले आलोचना गरेका छन् । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि गायक थापाको ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते थापालाई ध्यानाकर्षण पत्र काटेको थियो ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनीकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा काटिएको पत्रलाई बेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन् ।
पत्रमा लेखिएको छ, ‘‘यहाँ जत्तिको सुप्रसिद्ध कलाकारले सामाजिक रुपमा पनि आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतिमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत भइदिनुहुन ध्यानाकर्षणसहित अनुरोध समेत गर्दछौं । कलाकारितामा नैतिकता र इमान्दारिता नै ठूलो हो, न कि पैसा र चर्चा ।’ संस्थाको आग्रहलाई व्यवस्था गरेपछि प्रतिष्ठानले थापालाई बहिष्कार गर्ने तयारी गरेको छ ।













आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया