’ख्यास्स पुतली‘ तीज गीतको चर्को आलोचना, गायक थापालाई बहिष्कार गर्ने प्रतिष्ठानको तयारी

काठमाडौं । गायक दुर्गेश थापाको नयाँ सार्वजनिक भएको गीत ‘बीच्च बीच्चमा ४’को चर्को आलोचना भएको छ । गीतमा प्रयोग भएका शब्दलाई लिएर सांगीतिक क्षेत्रमा आलोचना भइरहेको छ ।
‘बीच्च बीच्चमा ४’ को ख्यास्स पुतली गीतले तीजको मर्ममाथि प्रहार गरेको भन्दै स्रोता–दर्शकहरुले आलोचना गरेका छन् । ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले गीत ल्याउने तयारी गरेको जानकारी पाएपछि गायक थापाको ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले साउन ७ गते थापालाई ध्यानाकर्षण पत्र काटेको थियो ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र प्रतिष्ठानको विकृति विसंगती न्यूनीकरण विभाग समितिका संयोजक शिव हमालको संयुक्त हस्ताक्षरमा काटिएको पत्रलाई बेवास्ता गर्दै गीत सार्वजनिक गरेका छन् ।
पत्रमा लेखिएको छ, ‘‘यहाँ जत्तिको सुप्रसिद्ध कलाकारले सामाजिक रुपमा पनि आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतिमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत भइदिनुहुन ध्यानाकर्षणसहित अनुरोध समेत गर्दछौं । कलाकारितामा नैतिकता र इमान्दारिता नै ठूलो हो, न कि पैसा र चर्चा ।’ संस्थाको आग्रहलाई व्यवस्था गरेपछि प्रतिष्ठानले थापालाई बहिष्कार गर्ने तयारी गरेको छ ।

















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया