ट्रकको ठक्करबाट एक जनको मृत्यु
मेरोन्यूज
२०७८ साउन १५ गते १९:३३
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका ९ अत्तरखेलमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
शुक्रबार गोकर्णेश्वरको अत्तरखेलमा ट्रकले पैदल हिँडिरहेका रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्कालाइ बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले ठक्कर दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको नेपाल मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
सिन्धुपाल्चोक जलविरे स्थायी घर भई हाल माकलबारी बस्ने वर्ष २४ वर्षीय चालक कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।
सम्बन्धित
प्रतिक्रिया