नेपाली चढेको तुइन काट्ने दार्चुला घटना छानविन गर्न गृहमन्त्रीले बनाए छानविन समिति
गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा छानविन समिति गठन, यथाशीघ्र सत्यतथ्य वुझेर प्रतिवेदन वुझाउन निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटना छानविन गर्न गृहमसचिव महेश्वर न्यौपानेको नेतृत्वमा छानविन समिति गठन गरेका छन् । दार्चुलाको व्यास गाउँपालिका निवासी ३५ वर्षीय जयसिंह धामी महाकाली नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काटदा नदीमा खसेर वेपत्ता भएका थिए । भारतीय सुरक्षा फौजको यो ज्यादतीको विरोधमा चौतर्फी विरोध शुरु भईरहेका बेला गृहमन्त्री खाँणले गृहसचिव न्यौपानेकै संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।
घटनामा के भएको हो, किन यस्तो अवस्था आयो ? भन्ने यर्थाथ पत्ता लगाई रिपोट सिधै आफुलाई पेश गर्न भन्दै गृहमन्त्री खाँणले छानविन समिति बनाएका हुन् ।
मन्त्री स्तरीय निर्णयका आधारमा मन्त्री खाँणले समितिमा गृहमन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेल, सुदुरपश्चिमका डिआइजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहने गरी समिति बनाएका हुन् ।
यथासिघ छानविन सकेर प्रतिवेदन वुझाउन गृहमन्त्रीले निर्देशन गरेका छन् ।
महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ” धामीले भने, “पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।”
धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।
















29 polling stations in Palpa ‘highly sensitive’
Gold price reaches 339,300 per tola, setting historic record
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
One killed in road accident
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
प्रतिक्रिया