रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण सहमति भएको छ।
रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार र शुक्रबार दुई दिनको अवधिमा दुवै देशले गरेर कुल ५००–५०० जना युद्धबन्दीलाई एकअर्कासँग साटासाट गर्ने योजना बनाइएको छ।
मन्त्रालयका अनुसार पहिलो चरणमा बिहीबार दुवै पक्षबाट २००–२०० जना युद्धबन्दीलाई मुक्त गरी आदानप्रदान गरिसकिएको छ। रुसतर्फ फर्किएका सैनिकहरू हाल बेलारुसमा रहेका छन्, जहाँ उनीहरूलाई मानसिक परामर्श तथा स्वास्थ्य उपचार उपलब्ध गराइँदैछ।
रुसको विदेश मन्त्रालयले जानकारी दिएअनुसार शुक्रबार थप ३००–३०० जना युद्धबन्दीलाई मुक्त गरी साटासाट गर्ने कार्यक्रम तय गरिएको छ। यससँगै दुई दिनको अवधिमा दुवै देशले गरेर कुल ५००–५०० जना युद्धबन्दीलाई रिहा गर्ने प्रक्रिया पूरा हुने बताइएको छ।
रुसका राष्ट्रपतिको सहयोगी भ्लादिमिर मेदिन्स्कीका अनुसार यो युद्धबन्दी आदानप्रदान स्विट्जरल्यान्डको जेनेभा शहरमा भएको वार्तामा पुगेको सहमतिअनुसार भइरहेको हो।
फेब्रुअरी १७ र १८ मा जेनेभामा रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच दुई दिनसम्म त्रिपक्षीय वार्ता भएको थियो। उक्त वार्ता यस वर्षको तेस्रो चरणको कूटनीतिक संवाद थियो, जसमा युद्धसँग सम्बन्धित विभिन्न विषयका साथै मानवीय मुद्दाहरूमा पनि छलफल गरिएको थियो। युद्धबन्दी आदानप्रदानको निर्णय पनि सोही वार्ताको परिणामका रूपमा गरिएको बताइएको छ।

















अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
प्रतिक्रिया