एमालेले बोलायो स्थायी कमिटी बैठक, पार्टीको आन्तरिक जीवन नै छलफलको मुख्य एजेन्डा
झलनाथ खनाल–माधव कुमार नेपाल समूहले आजको बैठक पनि बहिस्कार गर्ने

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेले पार्टीको आन्तरिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो ३ बजे बस्ने बैठकका लागि तीन वटा एजेन्डा तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
केन्द्रीय विभागहरुलाई पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणको विषयमा छलफल हुने उनको भनाई छ ।
एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको झलनाथ खनाल–माधव कुमार नेपाल समूह भने आजको बैठकमा पनि उपस्थित नहुने जनाएको छ । उक्त समूहले यसअघिका बैठक पनि बहिस्कार गर्दै आएको थियो ।
पार्टी एकताका लागि अध्यक्ष ओलीले आफु लचक भएको विभिन्न विकल्पमा छलफल गर्न सकिने बताएपनि खनाल नेपाल समूहले एकपछि अर्को बखेडा झिकिरहेको छ ।
खनाल नेपाल समूह भित्र पनि दुई खेमा देखिएको छ । एउटा पक्षले पार्टी एकतामा जानुपर्ने बताइरहँदा अर्को पक्ष भने अब ओलीसँग पार्टी एकतामा जान नसकिने बताइरहेको छ ।
अध्यक्ष ओली समूहले खनाल–नेपाल समूहको अनुपस्थितिमा पनि बैठक राखेर निर्णय गर्दै आएको छ । दुबै पक्ष आ–आफ्नै अडानका कारण एमाले फुटको संघारमा छ ।














१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया