दार्चुला घटनाबारे छानविन गरी दोषीलाई कारबाही गर्न माओवादी केन्द्रका भातृ संगठनको माग

काठमाडौं । दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको फलामे तार काटिदिएपछि ३० वर्षीय युवा जयसिंह धामीको मृत्यु भएको छ । उक्त घटनाप्रति नेकपा (माओवदी केन्द्र)का विभिन्न भातृ संगठनहरूले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
भातृ संगठनहरू योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल), देशभक्त जनगणतान्त्रीक मोर्चा र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले उक्त घटनाबारे छानबिनको माग गरेको हो ।
ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल), देशभक्त जनगणतान्त्रिक मोर्चा र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले उक्त घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन सुझाएका छन् ।
घटनाबारे सरकारलाई ध्यानाकार्षण गराउँदै योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल), देशभक्त जनगणतान्त्रिक मोर्चा र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले आ-आफ्नै विज्ञप्तिमार्फत छानबिनसहित दोषीलाई कारबाहीको माग गरेको छ ।


















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया