आजको मौसम : यी प्रदेशमा हुने छ, मेघ गर्जनसहित भारी वर्षा

काठमाडौं । आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुनेछ । अहिले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू(भागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही भू(भागमा मेघ गर्जनसहित भारी हुन सक्ने छ । आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।
भोलि प्रदेश १ बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । भोलि राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।
त्यस्तै बुधबार देशभर बदली हुने छ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू(भागमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया