प्रेस स्वतन्त्रताको रक्षा गर्न मुम्बई अदालतद्धारा शिल्पालाई आदेश

काठमाडौं । मुम्बई अदालतले भारतिय अभिनेत्री शिल्पा सेट्टिलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न आदेश दिएको छ ।
अदालतले आज श्रीमान् राज कुन्द्रालाई पोर्नोग्राफी केसमा पक्राउ गरेर अनुसन्धान आगाडी बढाएका बेला सञ्चारमाध्यममा आएका समाचारलाई नकारात्मक शब्द प्रयोग गर्न नहुने भन्दै प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा जोड दिएको हो । थुनाका लागि तोकिएको समयमा अनुसन्धान पूरा नभएकाले अझै केहि दिनमा मात्र राजको फैसला हुने अदालतको निश्कर्ष छ ।
पोर्न चलचित्र बनाएर बेचेको आरोपमा प्रहरीले अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई पक्राउ गरेर पोर्नोग्राफी केसमा अनुसन्धान अगाडि बढाएकोले चर्चित अभिनेत्री शिल्पा अनुशासनमा बस्नुपर्ने जनाएको द इकोनोमिक टाइम्सले जनाएको छ । अदालतले राजलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि गत शुक्रवार क्राइम ब्रान्चको टिम राजलाई लिएर उनको घर गएको थियो, जहाँ शिल्पा र राजलाई आमने–सामने राखेर सोधपुछ गरिएको थियो ।
मुम्बई पुलिसका अनुसार, सोधपुछको क्रममा शिल्पाले श्रीमानको बचाउ गरेकी छन् । पोर्नोग्राफी केसमा आफ्नो संलग्नता नरहेको र राजले पनि पोर्न चलचित्र बनाउने नगरेको उनले बयानमा भनेकी छन् । राजले पोर्न चलचित्र नभइ एरोटिक चलचित्र बनाउने गरेको शिल्पाको बयान उद्धत गर्दै प्रहरीले जनाएको छ । साथै उनले हटशट मूभी मेकिङमा आफ्नो कुनै रोल नभएको बताएकी छन् ।
उनले क्राइम ब्रान्चसँग भनेकी छन्, ‘मलाई हटशट मूभीको कन्टेन्टको बारेमा पनि जानकारी थिएन । र, यो एप्ससँग मेरो कुनै लेनदेन छैन ।’ पोर्न चलचित्र बनाएको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेपछि शिल्पाले इन्स्टाग्राममा एक पोस्ट लेख्दै आफूले चुनौतीको सामना गर्ने उल्लेख गरेकी छन् । यो मुश्किल घडीमा उनलाई बहिनी शमिता शेट्टीले साथ र हिम्मत दिएकी छन् ।


















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया