आजको राशिफल: तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको १९ गते मंगलबार, श्रावण कृष्णपक्षको दशमी तिथि । अब लागौं आजको राशिफलतर्फ ।
मेष
मनमा धेरै दोहोरो विचार भन्दा दृढता बृद्धि हुने छ । मनमा शितलता बृद्धि हुने छ ।सात्विक मार्गबाट आम्दानी पुरा गर्न मन केन्द्रीत हुने छ । पेशागत जीवनमा उन्नति प्रगति तथा फलदायी नतिजाहरु प्राप्त हुने छन् ।
वृष
पेशागत जीवन र आम्दानीमा उन्नति हुने छ । सितल खालको व्यक्तित्व हुँदा हुँदै पनि बेला बेला रिस कडा खालको देखिन पुग्ने हुँदा संयमित रहनु होला । मन दृढ हुँदा हुँदै पनि बेला बेला अस्वाभाविक खालको निराशाका चरण देखिन जाने छ ।
मिथुन
मनमा खिन्नताको मात्रा बढ्ने हुँदा सकारात्मक चिन्तन तर्फ बढि ध्यान केन्द्रीत गर्ने प्रयास गर्नु होला । भाग्यको साथ नभएको आभाष मनमा हुने छ । बोलीको प्रभाव भने बढ्ने छ । पेशागत हिसावले यात्रारत रहनु पर्ने छ । मेहनति र पराक्रमी बानीमा बृद्धि हुने छ ।
कर्कट
साझेदारीमा गरिएका कामहरुमा प्रगति हुने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा सफलता मिल्ने छ । साहसी खालको व्यक्तित्व हुने छ । साथै बौद्धिकताको पनि बृद्धि हुने हुनाले अरुबाट सम्मानित व्यक्तित्व बन्ने छ । तर भाग्यहिनताको आभाष हुने हुँदा उन्नति प्रगतिमा केही अवरोधहरु देखा पर्ने छन् ।
सिंह
पेशागत जीवन औसतमा सकारात्मक बन्न जाने छ । पेशागत क्षेत्रबाट मान सम्मान प्राप्त हुने तथा आफ्नो भुमिका बृद्धि हुन जाने छ । दृढ खालको व्यक्तित्व बन्दा बन्दै पनि रिस कडा हुन जाने भएकाले यस विषयमा ध्यान दिनु होला ।
कन्या
विदेश यात्रा सकारात्मक बन्न जाने छ भने विदेश जाने विषयमा मनमा तिब्रता आउने छ । मनोबलमा कमि आउने छ । आम्दानीमा सोचे जस्तो लक्ष्य प्राप्त नहुने भएकाले चित्त बुझाउँदै निरन्तर कर्ममा केन्द्रीत हुनु होला । पेशागत जीवनमा भने केही सकारात्मक नतिजा प्राप्त हुने छ ।
तुला
आम्दानीमा बृद्धि हुन जाने छ ।पेशागत जीवनमा उन्नति हुने छ, सकारात्मक नतिजाहरु देखिने छ । तर मनमा भने उदासिनताका मात्रा असाध्यै धेरै आउने भएकाले मनलाई नियन्त्रण गर्ने विषयमा ध्यान दिनु होला । चिसोबाट बच्ने प्रयास गर्नु होला ।
वृश्चिक
सात्विकताको अभिबृद्धि हुने छ । फ्रेस नभएको जस्तो लागि रहने र झुम्म भएको जस्तो लागि रहने छ । पेशागत जीवनमा शुभ संकेतहरु प्राप्त हुने छन् । सुख सुविधाका साधनहरु उपभोग गर्ने अवसर प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक बन्ने छन् ।
धनु
मनमा दुविधाका क्रम धेरै हुन जाने भएकाले मन नियन्त्रण वा दुविधा नियन्त्रणमा प्रयास गर्नु होला । बोलीको प्रभावकारितामा कमि आउने छ । पारीवारिक जीवनमा मिलन हुने छ । पेशागत जीवनमा उतार चढाव आउने भएकाले संयमित भई पाइला चाल्नु होला । भाग्य हिनताको अनुभुति हुने छ ।
मकर
साझेदारीमा गरिएका कामबाट फाइदा मिल्ने छ । जीवनसाथिको सल्लाहसहित कार्य गरेमा फाइदा मिल्ने समय छ । पेशागत जीवनमा नसोचेका समस्याहरु देखा पर्न जाँदा कठिनाई सामना गर्नु पर्ने समय रहेकाले संयमित रहँदै पाइला चाल्नु होला । दृढ खालको व्यक्तित्व हुने छ । तर रिस पनि कडा खालको देखा पर्ने भएकाले यस बारेमा संयमित रहने प्रयास गर्नु होला ।
कुम्भ
सात्विकतामा बृद्धि हुने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । बौद्धिक खालको व्यक्तित्व हुने छ । विदेश यात्राका सन्दर्भमा अवरोधहरु हटेर जाने छन् । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । आम्दानीमा हुने बृद्धिले व्यक्तित्वमा दृढता पैदा गर्ने छ ।
मीन
आम्दानीमा बृद्धि हुने छ । विदेश यात्राका क्रम स्पष्ट बन्ने छ । पेशागत जीवनमा भने संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । पेशागत क्रममा विदेश यात्राको सम्भावना देखिन्छ । प्रतिष्पर्धात्मक क्षमतामा अभिबृद्धि हुने छ । साझेदारीमा गरिएका काममा फाइदा मिल्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
ट्याक्टरको रोटाभेटरमा परी महोत्तरीमा दुई बालिकाको मृत्यु
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया