शुक्रबार, माघ ११, २०८१

निर्वाचन आयोगद्वारा ४१ वटा राजनीति दल खारेज

मेरोन्यूज २०७८ साउन १९ गते १५:४६

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीति दलको दर्ता खारेज गरेको छ । आयोगले मंगलबार वार्षिक आय ब्यय विववरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीति दलको दर्ता खारेज गरेको जानकारी गराएको छ ।

Advertisement

आयोगले विज्ञप्ति जारी गर्दै खारेज भएका राजनीति दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णय गरेको बताएको छ । जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न समबन्धित निकायमा लेखेर पठाइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

आयोगका अनुसार खारेज भएका राजनीति दलका व्यक्तिहरु आयोगमा दर्ता रहेका अरु पार्टीको पदाधिकारी र सदस्यसमेत बन्न पाउने छैन । आयोगले ४१ वटा दलको दर्ता खारेज गरेपछि अब ९५ वटा दल कानूनी अस्तित्वमा रहेका छन् ।

प्रतिक्रिया