निर्वाचन आयोगद्वारा ४१ वटा राजनीति दल खारेज
मेरोन्यूज
२०७८ साउन १९ गते १५:४६

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीति दलको दर्ता खारेज गरेको छ । आयोगले मंगलबार वार्षिक आय ब्यय विववरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीति दलको दर्ता खारेज गरेको जानकारी गराएको छ ।
आयोगले विज्ञप्ति जारी गर्दै खारेज भएका राजनीति दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णय गरेको बताएको छ । जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न समबन्धित निकायमा लेखेर पठाइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
आयोगका अनुसार खारेज भएका राजनीति दलका व्यक्तिहरु आयोगमा दर्ता रहेका अरु पार्टीको पदाधिकारी र सदस्यसमेत बन्न पाउने छैन । आयोगले ४१ वटा दलको दर्ता खारेज गरेपछि अब ९५ वटा दल कानूनी अस्तित्वमा रहेका छन् ।
सम्बन्धित















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया