शनिबार, चैत १४, २०८२

ओली पक्राउको विरोध गर्ने ७ जना एमाले कार्यकर्ता पक्राउ

मेरोन्यूज २०८२ चैत १४ गते १८:०४

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज शनिबार काठमाडौँमा एमाले कार्यकर्ताहरूले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपपछि प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने एक जना घाइते भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदर्शनकारी र प्रहरीबिच बबरमहल, बानेश्वर र माइतीघर लगायतका क्षेत्रमा झडप भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरुद्ध पार्दै ओलीलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका थिए ।

पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको जनाइएकाे छ । ओलीको पक्राउको विरोधमा आज एमाले कार्यकर्ताहरूले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया