आचार्य बालकृष्णको जन्मोत्सव मनाइँदै

काठमाडौं । जडीबुटीको अध्ययन र अनुसन्धानमा लागेका आचार्य बालकृष्णको जन्मोत्सव आज सातै प्रदेशमा विभिन्न जडीबुटीका बिरुवा रोपेर मनाइँदै छ ।
स्याङ्जा जिल्लामा जन्मेका उनले भारतमा योग एवं आयुर्वेदको प्रचारप्रसारमा योगदान पु¥याएका योग गुरु रामदेवसँग सहकार्य गरी जडीबुटीका औषधि बनाउन सहयोग गर्दै आएका छन् । नेपालका सबैजसो जिल्लामा खुलेका पतञ्जलि योग समितिमार्फत योग र आयुर्वेदको प्रचारप्रसारमा पनि आचार्य बालकृष्णको योगदान छ ।
यस अवसरमा पतञ्जलि समितिले देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । आजका दिनलाई जडीबुटी दिवसका रुपमा मनाउनाका साथै सात प्रदेशका ३५ जिल्लामा गुर्जो, पत्थरचट्टा, बाह्रमासे फूल, पारिजात, लेमनग्रास, तुलसीलगायत जडीबुटी रोपण गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । सो अवसरमा गुर्जोको चिया, गुर्जोबाट बनेको धुलो औषधि पनि निःशुल्क वितरण गरिने जनाइएको छ । बुधबार ३५ जिल्लामा एक हजार पाँचसय यस्ता जडीबुटीजन्य बिरुका रोप्नका लागि पठाइएको उनले बताए ।
यसैगरी समितिले पनि अरू थप जडीबुटीका बिरुवा पनि रोप्ने भएको छ । प्रत्येक वर्ष अगस्त ४ तारिखका दिन आचार्य बालकृष्णले जन्मोत्सव मनाउने गरेको जनाइएको छ । यस वर्ष अगस्त ४ तारिखका दिन कामिनी एकादशी व्रत पनि परेकाले विशेषरुपमा तुलसी रोपणलाई प्राथमिकता दिइएको गुर्जो अभियानकर्मी राजलवटले जानकारी दिए ।
















नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया