आचार्य बालकृष्णको जन्मोत्सव मनाइँदै

काठमाडौं । जडीबुटीको अध्ययन र अनुसन्धानमा लागेका आचार्य बालकृष्णको जन्मोत्सव आज सातै प्रदेशमा विभिन्न जडीबुटीका बिरुवा रोपेर मनाइँदै छ ।
स्याङ्जा जिल्लामा जन्मेका उनले भारतमा योग एवं आयुर्वेदको प्रचारप्रसारमा योगदान पु¥याएका योग गुरु रामदेवसँग सहकार्य गरी जडीबुटीका औषधि बनाउन सहयोग गर्दै आएका छन् । नेपालका सबैजसो जिल्लामा खुलेका पतञ्जलि योग समितिमार्फत योग र आयुर्वेदको प्रचारप्रसारमा पनि आचार्य बालकृष्णको योगदान छ ।
यस अवसरमा पतञ्जलि समितिले देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । आजका दिनलाई जडीबुटी दिवसका रुपमा मनाउनाका साथै सात प्रदेशका ३५ जिल्लामा गुर्जो, पत्थरचट्टा, बाह्रमासे फूल, पारिजात, लेमनग्रास, तुलसीलगायत जडीबुटी रोपण गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । सो अवसरमा गुर्जोको चिया, गुर्जोबाट बनेको धुलो औषधि पनि निःशुल्क वितरण गरिने जनाइएको छ । बुधबार ३५ जिल्लामा एक हजार पाँचसय यस्ता जडीबुटीजन्य बिरुका रोप्नका लागि पठाइएको उनले बताए ।
यसैगरी समितिले पनि अरू थप जडीबुटीका बिरुवा पनि रोप्ने भएको छ । प्रत्येक वर्ष अगस्त ४ तारिखका दिन आचार्य बालकृष्णले जन्मोत्सव मनाउने गरेको जनाइएको छ । यस वर्ष अगस्त ४ तारिखका दिन कामिनी एकादशी व्रत पनि परेकाले विशेषरुपमा तुलसी रोपणलाई प्राथमिकता दिइएको गुर्जो अभियानकर्मी राजलवटले जानकारी दिए ।
















क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
Decrease in gold, silver prices
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया